एजेन्सी- भन्ने गरिन्छ की गर्भावस्था महिलाहरुको लागि एक अद्भुत खुशीको समय हो। ९ महिना गर्भमा पालेर बच्चा जन्माउने कुरा सामान्य नभएता पनि गर्भवती भएको प्रति महिलाहरुमा खुशी मात्र नभई उत्साही पनि हुन्छन्। ‘
सबैको हकमा उत्साह र खुशी लामो समय सम्म टिक्न भने सक्दैन। विभिन्न कारणले गर्दा केहि महिलाहरु गर्भपातबाट गुज्रिन बाध्य हुन्छन्। गर्भपातले महिलाहरु सँगै दम्पतिलाई मानसिक रुपमा पनि पिडा दिने गर्छ।
यस्तै गर्भपातको पिडाबाट गुज्रिएका बलिउड कलाकार दम्पतिहरु बारे हामि यस लेखमा चर्चा गर्नेछौँ।
शिल्पा शेट्टी र राज कुन्द्रा
बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्रा गर्भपातको पिडा भोग्न बाध्य भएका बलिउड जोडीहरुमा पर्छन्। पहिलो पटक गर्भवती हुँदा शिल्पा गर्भपातबाट गुज्रिना बाध्य भएकी थिइन्। उनको पहिलो सन्तान खेर गएको थियो। यस बारे शिल्पाले एक अन्तर्वार्ताको क्रममा खुलासा गरेकी थिईन्।
काजोल र अजय देवगन
यो जोडी पनि एक समयमा गर्भपातको अवस्थाबाट गुज्रिना बाध्य भएको थियो। स्थानिक गर्भावस्थाको कारण काजोलको अप्रेशन गरिएको थियो। जसक्रममा काजोल गर्भपातको शिकार भएकी थिइन्। यस बारे काजोल र अजयले धेरै पटक खुलाइसकेका छन्।
किरण राव र आमिर खान
बलिउड अभिनेता आमिर खानले सन् २००५ मा किरणसँग विवाह गरेका थिए। किरण सन् २००९ मा पहिलो पटक गर्भवती भएकी थिइन्। तर यस दम्पतिको खुशी धेरै समय टिक्न सकेन। पहिलो पटक गर्भवती हुँदा नै किरण दुर्भाग्यपूर्ण गर्भपातको शिकार भइन्।
गौरी खान र शाहरुख खान
गौरी र शाहरुख खान बलीवुडका सबै भन्दा राम्रो सम्बन्ध रहेको जोडीहरू मध्ये एक रहेका छन्। यस चर्चित जोडी पनि गर्भपातको पिडाबाट गुज्रिन बाध्य भएको थियो। आर्यनलाई जन्मदिनु भन्दा अगाडी गौरीको कयौं पटक गर्भपात भएको थियो।
अंकिता भार्गव र करण पटेल
टीवी जगतका चर्चित जोडी अंकिता भार्गव र करण पटेलले सन् २०१५ मा विवाह गरेका थिए। विवाह पश्चात पहिलो पटक गर्भवती भएकी अंकिताले आफ्नो पहिलो सन्तान जन्मनु भन्दा अगाडीनै गुमाएकी थिइन्। यस बारे जोडी आफैले मिडियामा जानकारी गराएको थियो।