वीरगञ्जका दुई हिरो समसुल र ममताज: संक्रमित ओसारपोसार र शव व्यवस्थापनमै बिताउँछन् दिन !

वीरगञ्ज । वीरगञ्ज महानगरलगायत पर्साका १४ वटा स्थानीय तहमा कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको छ । प्रतिदिन औसत सय जना संक्रमित थपिँदै छन् भने एक÷दुई जना संक्रमितको मृ-त्यु पनि भइरहेको छ । कोरोना महामारीका कारण चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधारण निकै डराएका छन् ।

स्वास्थ्यकर्मीहरू डराएका कारण उपचार अभावमा कतिपय बिरामीको ज्यान गइरहेको छ । बिरामीको अचानक मृ-त्यु हुनुमा वीरगञ्जमा सहजरूपमा कोभिड तथा कोभिडइतर अस्पतालमा संक्रमित अथवा अरू रोगका बिरामीले सहजै उपचार नपाउनु पनि हो । साथै सिकिस्त बिरामीले सही समयमा एम्बुलेन्स सेवा नपाउनु पनि हो । तर, यस जटिल समयमा कुनै साहसी एम्बुलेन्स चालकले कोरोना फाइटर अर्थात् हिरोको रूपमा काम पनि गरेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

जगरनाथपुर गापा घर भई हाल छपकैयामा बस्ने ४७ वर्षीय सोनालाल ड्राइभर भन्ने समसुल मियाँ र नेपाल रेडक्रस सोसाइटी वीरगञ्जका एम्बुलेन्स चालक धोबिनी निवासी ३५ वर्षीय ममताज मियाँ अहिले कोरोनाकालमा हिरोको भूमिका निर्वाह गर्दैछन् । दुवैजना चालक विगत पाँच महिनादेखि स्थानीय प्रशासन र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आदेशमा खट्दै आएका छन् । समसुलले संक्रमितहरूको श-व उठाएर एम्बुलेन्समा राख्ने र अन्तिम संस्कार गर्ने थलोमा पुर्याउने गर्छन् भने ममताजले कोरोना संक्रमित पुष्टि भएकाहरूको घरघरमा पुगेर कोभिड अस्पतालमा पुर्याउने गर्छन् । २० वर्षदेखि श-ववाहन चलाउँदै आएका समसुलले भने, ‘मैले चार महिनादेखि २२ वटा श-व व्यवस्थापन गरिसकेको छु । मलाई लास उठाउन, गाडीमा हाल्न र उतार्न अलिकति पनि घिन लाग्दैन ।’

पर्साका तत्कालीन प्रजिअ विष्णु कार्की, प्रहरी उपरीक्षक गंगा पन्त र वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीको पहलमा १ साउनदेखि वीरगञ्ज महानगरको एम्बुलेन्स चालकको रूपमा जागिर पनि खाएको समसुलले बताए । उनले श-व व्यवस्थापनमा नेपाली सेनाको सुरक्षा मापदण्डअनुसार पिपिई लगाएर आफू खटेकोले अहिलेसम्म सुरक्षित रहेको बताए । उनले भने, ‘श-वबाट गाउँँबस्तीमा कोरोना भाइरस फैलिन्छ भन्ने हल्ला छ तर चिकित्सकहरूका अनुसार लासले सास नफेर्ने, नबोल्ने हुँदा कोरोना भाइरस सर्ने सम्भावना अत्यन्तै न्यून हुन्छ ।’

प्रकाशित : सोमबार, भदौ ०८, २०७७०३:२७

काठमाडौंको अवस्था चिन्ताजनक: सबैभन्दा धेरै मृत्यु बानेश्वर क्षेत्रमा !