एजेन्सी, बलिउड केवल प्रतिद्वन्द्वी र पैसा बनाउने प्रतिस्पर्धाको मात्र होइन । यो अटुट सम्बन्धको पनि हो । यहाँ निकै सुमधुर सम्बन्धहरु पनि फुल्ने गर्छन् । आज हामी यहाँहरुलाई त्यस्तै बलिउडका मिठा मित्रताको बन्धनसंग परिचित गराउन जाँदैछौँ ।
सोनम कपूर र ज्याक्लिन फर्नान्डिज:
कसले भन्छ कि समकालीन अभिनेत्रीहरू एकअर्काका प्रतिद्वन्द्वी मात्र हुन् भनेर ? यी दुई जवान अभिनेत्रीहरू हेर्नुहोस्, दुवै उस्तै स्टाइलिस छन्। र उनीहरु निकै असल मित्र हुन् ।
करीना कपूर र अमृता अरोरा :
यि दुई लामो समय देखि एक-अर्काको असल मित्र हुन् । यि दुईले गोलमाल फिल्ममा संगै काम गरेका थिए । करीना अमृताको तुलनामा एक राम्रो स्थापित अभिनेत्री हुन् तर उनीहरूको मित्रतामा यसले केहि फरक पारेको देखिदैन ।
रणवीर सिंह र अर्जुन कपूर
जब जब यि दुई साथमा आउँछन् तब तब स्क्रिनमा आगो लगाउँछन् । उनीहरू मित्रताको लागी प्रतिस्पर्धा वा पैसा बनाउने व्यवसायको बारेमा चासो राख्दैनन्।
सलमान खान र संजय दत्त
उनीहरु दुवैले धेरै कठिन समयमा पनि साथमा देखेका छन्ती। कठिन समयबाट यो मित्रता सबै विवादहरु भन्दा माथि उठ्यो। यि दुई यो प्रकारको बन्धन शेयर गर्छन् ।
दिपिका पादुकोण र सहाना गोस्वामी
यि दुई आफ्नो करियरको शुरुवात देखि नै निकै मिल्ने साथि हुन् । यि दुईले फिल्म ब्रेकके वादमा साथ काम गरेका थिए । सामान्य साथीहरू जस्तै उनीहरुसँग निकै मजाको चीजहरू गर्छन्। कसले भन्छ दुई अभिनेत्रीहरू साथी हुन सक्दैनन् ?
सुजेन रोशन र गौरी खान
यी महिलाहरू साँच्चै आफ्नो क्षेत्रमा रचनात्मक छन् र दुई ठूला स्टार्सका पत्नीहरू पनि । उनीहरू निकै राम्रो सम्बन्ध एकसाथ साझेदारी गर्छन् र उत्कृष्ट मित्र हुन् ।