यो भिडियोले एकैदिनमा पायो अहिले सम्मकै बढी भ्युज, विश्वभर ट्रेन्डीङमा ! [भिडियो सहित]

एजेन्सी । सियोल । दक्षिण कोरियाली म्युजिक ब्यान्ड ‘बाङ तान सोन्योनदान (बिटिएस)’ को नयाँ गीतको भिडियो ‘डाइनामाइट’ युट्युबको शीर्ष स्थानमा रहन सफल भएको छ । अंग्रेजीमा ‘बुलेट प्रुफ स्काउट ब्वाइ स्काउट्स’ अर्थ दिने बिटिएस ब्यान्डमा सात युवा सदस्य छन् । ब्यान्डको शुक्रबार सार्वजनिक ‘डाइनामाइट’ को भिडियो अहिले यतिबेला निकै चर्चा पाइरहेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

सार्वजनिक भएको २४ घण्टामै गीतको भिडियोले १० करोड ११ लाख बढी भ्युज कमाएको अमेरिकी म्युजिक म्यागजिन बिलबोर्डले जनाएको छ । योसँगै ‘डाइनामाइट’ ले एकैदिनमा सबैभन्दा बढी भ्युज कमाउने युट्युब भिडियो बनेर रेकर्ड कायम पनि गरेको छ । अंग्रेजी शब्दमा रहेको यो भिडिओ अगस्ट २१ मा प्रिमियर गरिएको थियो । प्रिमियरमै ३० लाख बढीले हेरिरहेका बिलबोर्डले जनाएको छ ।

सन् २०१० मा गठित बिटिएसले सन् २०१३ मा आफ्नो पहिलो म्युजिक भिडियो ‘टु कुल फर स्कुल’ सार्वजनिक गरेपछि संगीत क्षेत्रमा प्रवेश गरेको थियो । यो ब्यान्डले प्रायः हिपहप वा के–पप संगीतलाई केन्द्रमा राख्छ भने गीतमा व्यक्तिगत भाव, मानसिक स्वास्थ, किशोरावस्था र युवाका समस्या, प्रेम, सामाजिक विषय तथा व्यक्तित्ववादलाई जोड दिने गरेको पाइन्छ । ब्यान्डले विश्वभरका विभिन्न सांगीतिक सूचीहरूमा पनि शीर्ष स्थान ओगटेर रेकर्ड राखेको छ ।

‘डाइनामाइट’ ले गायक ट्रेलर स्विफ्टको ‘कार्डिगन’ लाई पछाडि पार्दै ‘स्पोटिफाइ’ मा पनि नयाँ रेकर्ड राखेको जनाइएको छ । ‘कार्डिगन’ को स्ट्रिमिङमा ७७ लाख ७४ हजार भ्युज थियो भने ‘डाइनामाइट’ को ७७ लाख ७७ हजार पुगेको बिलबोर्डले जनाएको छ । बिटिएसले गत जुलाइमै आफ्नो नयाँ एल्बम ल्याउने जानकारी दिएको थियो । तर कोरोना भाइरस महामारीका समय आफ्ना दर्शकसामु जोडिन एउटा गीत ‘डाइनामाइट’ भने सार्वजनिक गरिहालेको बिटिएसले कोरियाली सञ्चारमाध्यमसँग भनेको छ । ब्यान्डका लिडर आरएमले एप्पल म्युजिकलाई हालै दिएको अन्तर्वार्ताको भनाइ उद्धृत गर्दै बिलबोर्डले लेखेको छ, ‘यो डाइनामाइट हो । सकारात्मक ऊर्जा, आशा, प्रेम र शुद्धता मिलेर बनेको छ । हामी दर्शकसँग यो बाँड्न चाहन्छौं ।’

सञ्चारमाध्यमका अनुसार यो उनीहरूको एल्बमकै पहिलो गीत हो । युट्युबमा यो समाचार तयार पार्दासम्म ‘डाइनामाइट’ को भ्युज १८ करोड ८ लाखभन्दा बढी पुगिसकेको छ ।

प्रकाशित : मङ्गलबार, भदौ ०९, २०७७०२:०३

अन्डरवर्ल्ड डन दाऊदको ‘ग्याङस्टर गुडिया’, पाकिस्तानी प्रधानमन्त्रीसँग पनि निकट