लकडाउनमा छोराले साइकल मागेपछि पिताले गरे यस्तो जुगाड, भाइरल भयो भिडियो

काठमाडौँ : हामी सबैलाई यो थाहा भएकै कुरा हो कि भारतीयहरु जुगाड गर्नका लागि विश्व-विख्यात छन्। भारतीयहरु बेकारका चीजहरु प्रयोग गरी यस्तो कमालको चीज बनाउँछन् कि हेर्ने मान्छे पनि तीनछक्क पर्छन्। प्रतिनिधि घटनाको रुपमा भारतको लुधियानाको घटनालाई नै लिनुहोस्। त्यहाँको लखोवल गाउँमा पिताले आफ्नो सुपुत्रको लागि जुगाड गरी घरमै बसी-बसी स्कुटर जस्तो देखिने बाइसाइकल बनाएका छन्। जुन भिडियो अहिले भारतीय सामाजिक सञ्जालको दुनियाँमा तीव्र गतिमा भाइरल भईरहेको छ।

भिडियोमा तपाई देख्न सक्नुहुन्छ एक किशोर घरबाट स्कुटर जस्तो देखिने साइकल निकाल्छन् र पेडल मारी त्यसलाई चलाउँछन्। भिडियोमा अगाडीबाट झट्ट हेर्दा त्यो ठ्याक्कै स्कुटर जस्तै देखिन्छ तर त्यो स्कुटर र नर्मलसाइकलको मिश्रण हो। भारतीय न्युज एजेन्सी एएनआईसँग कुरा गर्दै कक्षा ८ मा पढ्ने हरमनजोतले भने – ‘कोभिड-१९ को कारण मेरा पिताले मलाई नयाँ साइकल किनेर दिन सकेनन्, त्यहीँ भएर  हामीले यो बनायौँ।’

प्रकाशित : बुधबार, भदौ १०, २०७७०६:५४

रमाइलो-रमाइलोमा दार्ही-जुँगामा लगाए मेहेन्दी, पछि पाउनु सम्म दुख पाए !