रमाइलो-रमाइलोमा दार्ही-जुँगामा लगाए मेहेन्दी, पछि पाउनु सम्म दुख पाए !

एजेन्सी – दक्षिण अफ्रीकाका एक प्रेम जोडी मार्नो बोथा र उनकी प्रेमिका क्याटलिन भ्यान हेके केहि समय अगाडी चल्दै थिए। त्यतिकैमा प्रेमिका क्याटलिनलाई आफ्ना प्रेमीको खैरो दार्ही कालो बनाइदिने सोच आयो। उनले प्रेमी मार्नो बोथाको दार्हीमा कालो मेहेन्दी लगाइदिन्।

केहि समय पछाडी मार्नोको दार्ही कालो भयो। उनी खाना खाएर सुते। तर, उनी एक्कासी रातको ३ बजे तिर बिउझिए। बिउझंदा उनको अनुहार पोलिरहेको थियो।

जलन सहन नसकेर उनले दार्ही काटे। दार्ही काटेर पनि उनलाई सहज महसुस भएन। उनको अनुहार पोली नै रह्यो। क्रमिक रुपमा उनको अनुहार सुन्निन थाल्यो। ओठ सुन्निएर यस्तो सम्म भयो की उनलाई मुख खोल्न र बन्द गर्न समेत गार्हो भयो।

सहनै नसकेपछि उनी अस्पताल पुगे। जहाँ उनले थाहा पाएकी मेहेन्दीमा हुने केमिकलका कारण उनलाई यस्तो भएको रहेछ। उनलाई त्यो पिडाबाट मुक्ति पाउन धेरै नै समय लाग्यो। उक्त समस्याबाट छुटकारा पाउन आफूलाई केहि हप्ता नै लागेको उनी बताउँछन्।

डाक्टरहरुका अनुसार कपाल तथा दार्हीमा मेहेन्दी लगाउनु कहिले-काहीं घातक पनि हुन सक्छ। मेहेन्दीमा हुने केमिकलबाट केहिलाई एलेर्जी पनि हुन सक्ने डाक्टरहरु बताउँछन्। सबैको छालामा मेहेन्दीको केमिकम प्रभाव फरक-फरक हुने हुँदा मेहेन्दी प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने हुन्छ।

प्रकाशित : बुधबार, भदौ १०, २०७७०७:५३

चाणक्य नीति : गरीबी ल्याउँछ व्यक्तिका यी ६ आदतले, हुनुहोस् सावधान