चाणक्य नीति : गरीबी ल्याउँछ व्यक्तिका यी ६ आदतले, हुनुहोस् सावधान

आचार्य चाणक्यले आफ्नो नीति शास्त्र ग्रन्थमा मानिसको जीवन व्यतीतलाई कसरी राम्रो बनाउने भन्ने नीतिहरुको उल्लेख गरेका छन्। जसले जीवन सफल बनाउने कला पनि सिकाउँछ। साथै चाणक्यको नीति जीवनसँग जोडिएका थुप्रै चीजहरुलाई सही ढंगबाट अगाडी बढाउनको लागि पनि सहायक हुन्छ। एक श्लोकमा आचार्य चाणक्यले केही यस्ता कुराहरु बताएका छन् जसको कारण मानिसमा लक्ष्मीको कृपा बनिरहनेछ।

आचार्य चाणक्यका अनुसार धुलोमैलो भएको फोहोरकपडा लगाउने व्यक्तिको घरमा कहिल्य लक्ष्मीले बास गर्नेछैन। चाणक्यका अनुसार जो मानिस सधैँ फोहोरमैला बस्छ, आफ्नो वरीपरी सरसफाई गर्दैन तिनमा लक्ष्मीको कृपा कहिल्यै हुँदैन। र समाजले पनि तिनीहरुलाई मन पराउँदैनन्। यस्ता मानिसले हरेक ठाउँमा अनादरको सामना गर्नुपर्नेछ।

यस श्लोकमा चाणक्यले यो पनि भनेका छन् कि जो मानिस आफ्नो दाँतको सफाईमा ध्यान दिँदैनन् तिनले गरीबीको सामना गर्नुपर्नेछ। यस्ता मानिसलाई लक्ष्मीले हेला गर्छिन्। जबकि हरेक दिन दाँतको सफाई गर्ने व्यक्ति माथि लक्ष्मीको कृपा बनिरहनेछ।

चाणक्यका अनुसार भोक भन्दा बढी खाने व्यक्ति कहिल्यै पनि धनवान हुन् सक्दैन। आवश्यकता भन्दा बढी खाने व्यक्ति कहिले पनि स्वस्थ रहन सक्दैनन्।

यस बाहेक चाणक्यले यो पनि भनेका छन् कि रुखो वचन बोल्ने व्यक्ति कहिले पनि धनी हुन् सक्दैनन्। बोलीले अरुको मनमा चोट पुर्याउने व्यक्तिमाथि लक्ष्मीको कृपा हुँदैन र तिनका मित्र पनि धेरै हुँदैनन्। यस्ता मानिस दुश्मनले घेरिएका हुन्छन्।

बिहान देखि बेलुकासम्म सुतिरहने मानिस पनि कहिल्यै धनवान बन्न सक्दैनन्। सूर्योदय देखि सूर्यास्तसम्म निन्द्रामा रहने व्यक्ति माथि लक्ष्मीको कृपा कहिल्यै बन्दैन। बिना कारण सुत्नु मनुष्यको लागि हानिकारक हुन्छ।

अन्याय, छलकपट तथा बेईमानी गरेर पैसा कमाउने मानिस धेरै समयसम्म धनी बन्न सक्दैनन्। उनीहरुले छिट्टै पैसा गुमाउँछन्।

प्रकाशित : बिहिबार, भदौ ११, २०७७०५:२०

पप गायक बन्ने हुटहुटी चल्यो, खर्च गरे करोड भन्दा बढी !