कोरोना कहरका बीच काठमाडौँमा राप्रपाको प्रदर्शन, कमल थापाले दिए स्याबासी !

काठमाडौँ- रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको ह-त्याको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ।

उक्त घटनाका दोषी विरुद्ध तत्काल कारवाही गर्न माग गर्दै शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो।

कोरोना जोखिममा बीच उपत्यकामा लगाइएको निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विद्यार्थी संगठनका दर्जन भन्दा बढी नेता-कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएका केन्द्रियअध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थीलाई तत्काल रिहा गर्न राप्रपाले माग गरेको छ।

यसै बीच राप्रपाका अध्यक्ष कमल थापाले प्रतिकुल परिस्थितिका बाबजुत प्रदर्शन गरेको भन्दै आफ्ना पार्टीका विद्यार्थी नेताहरुलाई स्याबासी दिएका छन्।

“स्याबास! निर्दोष पुजारी ह-त्याको बिरोध तथा हत्यारालाई कारवाहीको माग गर्दै प्रतिकुल परिस्थितिका वावजुद राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनले सांकेतिकरूपमा भएपनि प्रदर्शन गर्न सक्षम भएकोमा। पक्राउ परेका बिद्यार्थीहरूलाई तत्काल रिहा गरियोस्”

प्रकाशित : शुक्रबार, भदौ १२, २०७७०८:१५

“बाबुरामले पछाडीबाट प्रहार गरे, गंगा चौधरीलाई प्रयोग गरेर मलाई सिध्याए”