काठमाडौँ- नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामाले नेपाल विद्युत् प्राधिकरण वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बढुवा गर्न माग गरेका छन्।
घिसिङको कार्यकाल सकिनै लाग्दा उनलाई निरन्तरता दिने पक्षमा सरकार नरहेको हो कि भन्ने प्रश्न उठिरहेका बेला लामाले घिसिङको बढुवा गर्न माग गरेका हुन्। घिसिङलाई जनताले गरेको माया र विश्वासलाई आधार मानेर कार्यकारी निर्देशकमै निरन्तरता दिनुपर्ने, नभए बढुवा गर्नुपर्ने लामाको बुझाई छ।
लामा कुलमान बारे सामाजिक संजालमा यसो लेख्छन् –
कुलमान घिसिङ्ज्युको बारे अहिले सामाजिक सन्जाल देखि सबै ठाउँमा वहाँलाई विद्युत प्राधिकरणमा अझै अवधी थपेर राख्नु पर्छ भन्ने कुरा जताततै चलिरहेको छ..हरेक नेपाली जनताले यसबारे के होला भनेर चासो राखेको अवस्था छ!!
कुरा नचलोस् पनि किन? वहाँको कामको परिणाम हो! अँध्यारोबाट उज्यालो नेपाल बनाइदिने त्यस्तो व्यक्तिको बारेमा सबैलाई चासो हुनु पर्छ पनि।
जता-ततै कुलमानज्युको कार्यकाल थप्नु पर्छ भन्ने कुरामा कसैको पनि दुइमत छैन भन्दा गलत हुन्न होला! अब के हुन्छ होला भन्ने कुरामा अड्किनु परेको छ हामी सबै!!!
राम्रो काम गरे पछि पदोन्नति हुन्छ हैन?? त्यसैले कुलमान घिसिङ ज्युलाई महाप्रबन्धकको (Managing Director) पदमा राख्न गाह्रो भए प्राधिकरणको Executive Chairman को पदमा बडुवा दिएर अझै प्रभाबशाली बनाउन मिल्दैन र??? यसो गरे कसो होला???
जय चन्द्र