मेस्सी लिभरपुल आउने कुरालाई स्पष्ट पार्दै क्लोपले यसो भने !

एजेन्सी – लियोन मेस्सीको तर्फबाट बार्सिलोना छाड्ने कुरा स्पष्ट भइसकेको छ। उनले क्लब बोर्डलाई आफूले क्लब छाड्न चाहेको पत्र मार्फत नै जानकारी गराइसकेका छन्। तर, उनी कता जाने भने अन्योल नै छ। विश्वका ठूला-ठूला क्लबले उनलाई लिएर चासो व्यक्त गरिरहेका छन्।

मेस्सीको भविष्यलाई लिएर विभिन्न अड्कल-वाजी भइरहेका बेला लिभरपुलका प्रशिक्षक जर्जेन क्लोपले मेस्सी लिभरपुल नल्याउने स्पष्ट पारेका छन्। क्लोपले मेस्सी बार्सिलोना बाट लिभरपुल आउने कुनै पनि सम्भावना नरहेको स्पष्ट पारे।

शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा पत्रकारहरुले मेस्सीलाई लिएर चासो छ भनेर गरेको प्रश्नमा क्लोपले भने,”चासो मात्रै? मेस्सीलाई आफ्नो टिममा कसले नचाहला ? तर, मेस्सी ल्याउने हामो योजना भने छैन। मेस्सी ल्याउन त्यति सहज छैन। त्यहि भएर हामी शुरु बाटै त्यस बारे सोच्दैनौं।”

मेस्सी म्यानचेस्टर सिटि आउन लागेको विषयमा टिप्पणी गर्दा उनले मेस्सी आएको खण्डमा सिटि थप बलियो हुने र सिटिलाई हराउन थप कठिन हुने बताए।

“मेस्सीको उपस्थितले स्पष्ट रूपमा म्यानचेस्टर शहरलाई मद्दत गर्नेछ। यसले उनीहरूलाई हराउन अझ गाह्रो बनाउनेछ।”,उनले भने,”प्रिमियर लिगका लागि मेस्सीको उपस्थित शतप्रतिशत उत्कृष्ट हुनेछ। प्रीमियर लिगलाई बढावा चाहिएको छैन। तर, मेस्सीको उपस्थितले प्रीमियर लिग थप चर्चित र विशेष हुनेछ।”

स्पेनमा भन्दा बेलायतमा फुटबल धेरै नै भिन्न रहेको हुँदा मेस्सीको खेल हेर्न आफू उत्साहित हुने क्लोपले बताए।

प्रकाशित : शुक्रबार, भदौ १२, २०७७१४:४३

नेयमार र मेस्सी बीच कुराकानी: मेस्सी पीएसजी जान लागेका हुन् ?