एजेन्सी- दैनिक हात धुन होस् अटवा शरीर र कपाल धुन साबुन सबैले प्रयोग गर्ने गर्छन्। दैनिक जस्तो प्रयोग हुने हुँदा साबुनको विषयमा सबैको चासो हुने गर्छ। हाम्रो नेपाली बजारमा सामान्य व्यक्तिले प्रयोग गर्ने साबुन लगभग २५ रुपैया देखि माथि हुने गर्छ। तर विश्वकै सबै भन्दा महँगो साबुनको मूल्य थाहा पाउने हो भने जो-कोहि पनि चकित पर्न सक्छ।
विश्वकै महँगो साबुनको मूल्य लगभग २ लाख ८८ हजार पर्ने गर्छ। तर यो साबुन कसले-कसले प्रयोग गर्छ भन्ने एकिन नभएता पनि यस साबुनलाई एक परिवारले कयौं वर्ष देखि उत्पादन गर्दै आएको छ।
यस साबुनलाई लेबनान नामक एक परिवारले उत्पादन गर्दै आएको छ। यस परिवारले यस प्रकारको साबुन लगभग १०० वर्ष देखि उत्पादन गर्दै आएको छ।
यस साबुनमा सुन र हिराको धुलो पनि राखिने हुँदा यति महँगो भएको हो। प्राप्त जानकारी अनुसार यस साबुन अरब क्षेत्रका धेरै धनाड्यहरुले प्रयोग गर्ने गरेका छन्। तर यो साबुन कसले प्रयोग गर्छ भन्ने चाहीं अहिले सम्म पनि एकिन हुन सकेको छैन।
थप रहस्य लाग्ने कुरा, यस परिवारले यस साबुनको उत्पादन गर्न कस्तो तरिका र फार्मूला प्रयोग गर्छ भन्ने पनि खुल्न सकेको छैन।