यी हुन विश्वका सबै भन्दा ठुला झुटहरु, जसलाई हामीले सत्य मानिरहेका छौँ !

एक व्यक्तिले पाउने ज्ञान जहिले पनि सहि हुन्छ भन्ने हुँदैन। जुन तथ्य बचपन देखि सुन्ने गरिन्छ त्यसलाईनै सहि मान्ने चलन रहेको छ। विश्वमा प्रचलित रहेका केहि तथ्यहरुको बारेमा आज हामी यस लेखमा चर्चा गर्नेछौ। विश्वका सबै भन्दा ठुलो झुट यस्ता छन् हेर्नुहोस् !

दार्ही काट्नाले दार्ही र जुँगा बाक्लो हुन्छ भन्ने मान्यता

विश्वमा जुनै पनि ठाउँमा यस मान्यतालाई साँचो मान्ने गरिन्छ। तर वैज्ञानिकहरुको अनुसार घना दार्ही र जुँगासँग धेरै काटीरहनुको कुनै पनि सम्बन्ध रहने गर्दैन। दार्ही जुँगाको बिकाशमा हार्मोनल प्रक्रियाको अहम भूमिका हुने गर्छ। जसले गर्दा यस मान्यतालाई सबै भन्दा ठुलो झुठको रुपमा लिन सकिन्छ।

एन्टी-ब्याक्टीरियल साबुन

बजारमा धेरै साबुनहरुले आफू एन्टी-ब्याक्टीरियल साबुन भएको दावी गर्ने गरेका छन्। तर यस तथ्य झुठो रहेको छ। कुनै पनि साबुनले ब्याक्टेरियालाई मार्न सक्दैन। साबुनले धुँदा ब्याक्टेरियालाई हाम्रो शरीरबाट भने पखालेर लाने गर्छ।

कसरथ पछि हुने दुखाइ

कुनै पनि कडा कसरथ पछि शरीर पक्कै दुख्छ। यस दुखाइलाई मांसपेसी बढ्ने सङ्केतको रुपमा लिने गरिन्छ तर यस तथ्य पनि झुठनै रहेको छ। कसरथ पछि हुने दुखाइ शरीरमा भएको मांसुको थकानको कारण हुने गर्छ।

एन्टीबायोटिक

हाम्रो मानव शरीर जब पनि भाइरसबाट संक्रमित हुने गर्छ तव हामि एन्टीबायोटिक लिने गर्छौ। तर एन्टीबायोटिकको काम भनेको ब्याक्टेरियासँग लड्ने मात्रै भएको हुँदा भाइरससँग यसले लड्न सक्दैन। अहिले सम्म भाइरससँग लड्ने औषधि कमै मात्रमा पाउने गरिन्छ।

प्रकाशित : शनिबार, भदौ १३, २०७७१३:०१

यी हुन् विश्वका सबै भन्दा सुन्दर र उत्कृष्ट ४ नोटहरु ! हेर्नुहोस् उत्कृष्ट नोटहरु