आजसम्म तपाईले महंगा घर, मोबाइल फोन, कार, कपडा, बाइक, चश्मा, घडी देखि महंगा जनवारका बारेमा सुन्नुभएको होला । तर महंगा फलका बारेमा कमै सुन्नुभएको होला । संसारमा यस्ता ४ फल छन् जो महंगा छन् । यी फल अलग–अलग ठाँउमा पाइन्छ ।
कतिपर्छ दाम ?
१. लास्ट गार्डन अफ हेलिगन पाइनएप्ल
यो प्रजातीको भूइँकटहर संसारमा पाइने सबैभन्दा महंगो फलको सूचीमा छ । यो भइँकटहरको मूल्य ९६ हजार हो । यसको खेती इंग्ल्याण्डमा हुन्छ ।
२. रुबी रोमन अंगुर
यो प्रजातिको अंगुरको आकार निकै ठूलो हुन्छ । यो अंगुरका एक गुच्छाको २ लाख ६६ हजार रुपैयाँ पर्छ । यो अंगुर जापानमा पाइन्छ । एक पिसको ६० हजार रुपैंया पर्दछ । एक गुच्छामा २० दाना हुने र एक दान २० ग्रामको हुने बताइन्छ ।
३. स्कवायर तरबुजा
तपाईले अहिलेसम्म गोलो आकारको तरबुजा देख्नुभएको होला । तर चौकुना आरको तरबुजा देख्नुभएको छ । छैन होला । यस्तो खालको तरबुजा जापानमा पाइन्छ । एक तरबुजाको मूल्य ५३ हजार रुपैंया पर्दछ । यसको तौल पाँच किलो भन्दा माथि हुन्छ ।
४. युबरी खरबजुा
तपाईले गर्मीको समयमा खरबुजा खानुभएको होला । तर के एक खरबुजाको मूल्य १५ लाख भन्दा बढी तिर्नुभएको छ । सायदै छैन होला । जापानमा युबरी नामको खरबुजाको पाइन्छ । यो ज्यादै मिठो हुन्छ । यो प्रजातिको एक खरबुजाको मूल्य १५ लाख ३३ हजार भन्दा बढी पर्छ ।