कोरोनाका कारण ४५ मिनेट भित्र गयो आमा-छोराको ज्यान !

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण सुनसरीमा दुई जनाको ज्यान गएको छ। सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमणका कारण एकै दिन आमा-छोराको ज्यान गएको हो।

ज्यान गुमाउनेमा धरान उपमहानगरपालिका-१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोरा रहेका छन्। दुवै जनाको बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पतला भर्ना भएकी धरान उनीहरु दुवैको आइतबार बिहान निधन भएको बताइएको छ। आमाको बिहान ८ : ३० र छोराको ७ :४५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार आमाछोरा नै मधुमेह र उच्च रक्तचापमा बिरामी थिए। पछिल्लो समय उनीहरुमा अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या देखिनुका साथै दुवैलाई ज्वरोले च्यापेको थियो।

प्रकाशित : आइतबार, भदौ १४, २०७७१०:२१

आज अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित भेटिए !