हात्तीको छावालाई आमाको याद नआओस् भनेर सँगै सुते उद्धारकर्ता, सर्वत्र चर्चा भयो !

एजेन्सी – केन्याको शेल्ड्रिक वाइल्डलाइफ ट्रस्टका संरक्षकहरू जनावरलाई लिएर अझ बढी नै गम्भीर छन्। त्यहाँमा संरक्षकहरू आफूले उद्धार गरेका जनावरहरूले कुनै चीजको कमी महसुस नगरून् भनेर जे पनि गर्न तयार हुन्छन्।

केहि समय अगाडी त्यहाँका संरक्षकहरूले उद्धार गरिएको जेब्राले एक्लो महसुस नगरोस् भनेर कालो र सेतो सूट लगाएर बसेको समाचार बाहिरिएको थियो। उक्त समाचार इन्टरनेटमा भाइरल नै भएको थियो भने उनीहरुको सर्वत्र चर्चा भएको थियो। अहिले त्यस्तै एक समाचारले त्यहाँका संरक्षकहरू विश्वभर चर्चाको विषय बनिरहेका छन्।

सामाजिक संजाल तथा मिडियाहरुमा यति बेला एक तस्विर चर्चित भएको छ। जसमा एक पुरुष हात्तीको छावासँग सुतिरहेका देखिएका छन्। हात्तीको छावालाई ब्ल्यांकेट ओडाइएको छ भने हात्ती र त्यहाँ रहेका व्यक्ति एक बोरालाई सिरानी बनाएर सुतिरहेका छन्।

परालमा बोरालाई सिरानी बनाएर आफ्ना संरक्षक हात्तीसँगै सुतेको तस्विर शेल्ड्रिक वाइल्डलाइफ ट्रस्टले आफ्नो फेसबुकमा पनि शेयर गरेको छ। तस्विर शेयर गर्दै ट्रस्टले जंगली जनावरका बच्चाहरु आफ्ना आमा र बथानको सम्रक्षणमा सुत्ने हुँदै उद्धार पछि पनि त्यस्तै महसुस होस् भनेर एक संरक्षकहरू सँगै सुतेको जनाएको छ।

सामाजिक संजाल फेसबुकमा राखिएको उक्त तस्विरमा टिप्पणी गर्दै धेरैले ट्रस्टका ती संरक्षकको प्रशंसा गरेका छन्। तस्विरले दिल छोएको भन्दै लगभग १ हजार जनाले उक्त तस्विरमा कमेन्ट गर्दै ट्रस्टलाई धन्यवाद दिएका छन्। साथै उक्त तस्विर हजारौ पटक शेयर पनि भएको छ।


प्रकाशित : आइतबार, भदौ १४, २०७७१३:२०

सेप्टेम्बरमा जन्मिएका मानिसको कस्तो हुन्छ त स्वभाव, यी क्षेत्रमा हुन्छन् सफल !