राँगा-भैँसीको आपूर्ति घटेपछि गायब हुन थाले काठमाडौंका छाडा गाईगोरु, काटेर मासु बेचेको खुल्यो

काठमाडौँ – राजधानी काठमाडौंका सडकमा हिजोआज छाडा गाईगोरुहरू खासै देखिन छाडेका छन् । केही महिना अघिसम्म छाडा गाईगोरुका कारण राजधानी काठमाडौं आक्रान्त थियो ।

छाडा गाईगोरुको आतंक नियन्त्रणका लागि स्थानीयवासीले महानगरपालिका तथा नगरपालिका नगुहारेका होइनन् तर प्रयास सफल हुन सकेको थिएन । तर, गत चैतको पहिलोसाता लक डाउन सुरु भए यता सडकका गाईगोरु विस्तारै पातलि“दै गए । यतिबेलासम्म आइपुग्दा यदाकदा मात्रै भेटिन्छन् ।

आखिर कहाँ गए त, ती गाईगोरु ? भन्ने सन्दर्भमा सर्वसाधारणको जिज्ञासा उठ्दैगर्दा केही दिनअघि प्रहरीले गोरु काटेको अभियोगमा सुन्दरीजल क्षेत्रका एक युवालाई पक्राउ गर्यो । उनको पक्राउपछि बास्तविक रहस्य खुल्यो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

लक डाउनका कारण तराईबाट राँगाभैंसीको आयत ठप्प हुँदा पनि राजधानी काठमाडौंमा राँगाभैंसीको मासु अभाव भएन, मूल्य पनि खासै बढेन ।

राँगाभैंसीको मासुका नाममा धमाधम सडकका गाईगोरुहरू गोप्यरूपले काटिन थालेको रहस्य खुल्यो । यसैगरी छाडा गाईबाच्छा संरक्षण अभियानकर्मीहरूको टोलीले पनि खोजविन गर्यो । खोजविनका क्रममा अभियानकर्मी उत्तम पुडासैनीले नदी किनार र एकान्तस्थलमा ठूलो परिणाममा गाईगोरुका विभिन्न अंग भेटाए ।

उनको भनाइ छ, ‘तराईबाट राजधानीसम्म आउने राँगा र भैँसीको आपूर्ति ठप्प हुँदा पनि मासु खानेको तृष्णा ठप्प भएको हुँदैन, सडकमा छाडिएका ती अबोध प्राणीमाथि गिद्देदृष्टि परेका अनेकौं उदाहरण हामीसँग छन् ।’ एकैदिनमा १८ वटा गाई, बाच्छाका मासुविनाका शरीर (भुँडी मात्र) को अन्तिम संस्कार गरेको संरक्षण अभियानले जनाएको छ । सडकमा अघिल्लो दिन देखिएका बाच्छा भोलिपल्ट बेपत्ता भएका र ती बाच्छाबाच्छीलाई फेरि कहिल्यै नदेखिनुको पछाडि पनि यस्तै कारण हुन सक्ने अभियानको ठहर छ ।

प्रकाशित : मङ्गलबार, भदौ १६, २०७७०४:१६

युरिया मल प्रकरण : ठेकदार चुपचाप, सरकार पैँचो माग्दै !