काठमाडौँ – सुनको भाउ लगातार तेस्रो दिन पछि बढेको छ। केहि समय लगातार घटिरहेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोलामा ९ सय रुपैंयाले बढेको छ। आज नेपाली बजारमा छापावाला सुनको मूल्य ९८ हजार ४ सय कायम भएको छ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ९ सयले बढेको छ। आज तेजाबी सुनको मूल्य ९७ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
सुनको मूल्यले साउन महिनामा रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो। त्यस यता सुनको मूल्य लगातार घटबढ हुँदै आएको छ। आइतबार देखि बढ्न थालेको सुनको मूल्य अहिले सोमबार प्रतितोलामा ३ सय बढेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ९५ मा कारोबार भइरहेको महासङ्घले जानेको छ।