भारतलाई चीनको चेतवानी- ‘अमेरिकाले साथ दियो भन्दैमा धेरै फुर-फुर नगर्नु, महँगो पर्ला’

काठमाडौँ – सीमालाई लिएर भारत र चीन बीच भइरहेको विवाद वार्ता मार्फत समाधान गर्ने प्रयास गरिएपनि सफल हुन सकिरहेको छैन। सीमा विवादलाई लिएर दुई देशका सेना ३ महिनाको अवधिमै २ पटक सम्म आमने-सामने सम्म भइसकेका छन्।

केहि दिन अगाडी मात्रै भारत र चीनका सेना आमने सामने भएको खबर आएको छ। चिनियाँ सैनिकले भारतीय पक्षलाई उक्साउने किसिमका गतिविधि गरेपछि दुई देशका सेना आमने-सामने भएको भारतको दावी छ। चिनियाँ प्रयासलाई आफूहरुले विफल पारिदिएको भारतले दावी गरेपनि चीनले भने उक्त आरोपको खण्डन गरेको छ।

भारतले लगाएको आरोपको खण्डन गर्दै चीनले भारतलाई थप नउक्साउन र प्रतिस्पर्धा नगर्न चेतवानी दिएको छ। आफूहरुको तर्फबाट वास्तविक एलएसी पार गर्ने कार्य कहिले पनि नभएको चीनको दावी छ।

चीनले केहि समय अगाडी लद्दाख गलवान घाटीमा दुई देशका सेना आमने-सामने हुँदा २० भारतीय सैनिकको ज्यान गएको स्मरण गराउँदै त्यस घटनाबाट पाठ नदिकेको टिप्पणी गरेको छ।

चिनियाँ सरकारको मुखपत्रको रुपमा रहेको ग्लोबल टाइम्सले भारतीय सेनाले नै पहिले विध्वंशक कदम उठाएको र भारतले नै पहिले संघर्ष सुरु गरेको भन्दै आफ्नो घरेलु समस्याबाट ध्यान मोड्न चीनसँग संघर्षमा उत्रिएको आरोप लगाएको छ। साथै अमेरिकाले साथ दिएका कारण अहिले भारत चालिएको पनि ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

देश भित्र चलिरहेको आन्तरिक समस्याबाट आफ्ना जनताको ध्यान हटाउन भारतले चीनसँग लफडा गरिरहेको ग्लोबल टाइम्सको आरोप छ। चीनसँग लफडा गर्नु अगाडी पिपुल्स लिबरेशन आर्मीलाई कम्जोर आँक्ने गल्ति नगर्न चीनको चेतवानी छ।

भारतले सैन्य शक्तिको धाक देखाउन खोजे आफूहरु चुप नबस्ने चीनले स्पष्ट पारेको छ। सैन्य शक्तिको मामलामा चीन भारत भन्दा धेरै मजबुत अवस्थामा रहेका कारण पिएलएले भारतीय सेनालाई १९६२ मा भन्दा धेरै नोक्सानी पुर्याउने चीनले स्पष्टसँग भनेको छ।

प्रकाशित : मङ्गलबार, भदौ १६, २०७७०७:४२

निषेधाज्ञा थप हुने, तर स्वरूप परिवर्तन हुन सक्ने !