हाम्रो भान्सामा हरेक परिकार तयार गर्नको लागि आवश्यक पर्छ जीरा। यसको तिखो स्वाद र सुगन्धको कारण यो धेरै समस्याको लागि औषधीय गुण प्रदान गर्छ। जीरा सबैभन्दा प्रभावकारी हुन्छ वजन कम गर्नको लागि। जीरा पानी पिउनु वजन घटाउनको लागि अत्यन्त प्रभावकारी मानिन्छ। तर के तपाईंलाई थाहा छ कि धेरै जीरा पानीको सेवन स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ।
- जीरा पानीको सेवनले ग्यासको समस्याबाट छुटकारा पाउन सकिन्छ तर धेरै जीरा पानी सेवन गर्यो भने हृदयमा जलनको समस्या निम्त्याउँन सक्छ।
- गर्भवती महिलाले जीराको धेरै सेवन गर्नु हानिकरक साबित हुनसक्छ। यसको धेरै सेवनले समय भन्दा पहिला डेलिभरी तथा गर्भपातको खतरा बढ्छ।
- जीराको ज्यादा सेवनले एलर्जी तथा अनुहारमा दाग-धब्बा पनि आउन सक्छ।
- महिनावारीको समयमा जीराको ज्यादा सेवन गर्दा धेरै रगत बग्ने समस्या देखा पर्न सक्छ।
- जीराको लामो समयसम्म वा ज्यादा सेवान गर्दा मिर्गौला सम्बन्धि समस्या पनि आउनसक्छ।