स्वारेज बन्ने भए मेस्सी-रोनाल्डो दुवैसँग खेल्ने खेलाडी: यी खेलाडीले मात्रै खेलेका छन् मेस्सी-रोनाल्डो सँगै

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लबमै रहने भएपनि लुइस स्वारेजले भने क्लब छाडेर अन्यत्र जाने पक्का जस्तै भएको छ।

क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजलाई आफ्नो योजनामा नराखेको स्पष्ट पारिसकेका छन्। यससँगै स्वारेज अन्यत्र जाने तयारीमा छन्। यति बेला उनी इटालियन क्लब युभेन्टस जाने तयारीमा रहेको बताइएको छ। युभेन्टस र स्वारेज एक किसिमको सहमतिमा पुगिसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

युभेन्टसमा स्वारेजको ट्रान्सफर धेरै नै विशेष हुने चर्चा भइरहेको छ। युभेन्टसमा गए स्वारेजले राम्रो पारिश्रमिक मात्र पाउनेछैनन्, उनले क्रिस्टियानो रोनाल्डोसँग खेल्ने मौका पनि पाउने छन्। मेस्सी र रोनाल्डो दुवै खेलाडीसँग एकै टिमबाट खेल्ने १४ औं खेलाडी बन्नेछन्।

यस भन्दा अगाडी मेस्सी र रोनाल्डो दुवै सँग १३ खेलाडीले मात्रै खेलेका छन्। जस मध्ये केहि खेलाडीहरु बारे जानकारी निम्न छन्।

मार्टिन क्यासरेस

मेस्सी (बार्सिलोना) – १४ खेल

रोनाल्डो (युभेन्टस ) – ३ खेल

हेनरिक लार्सन

मेस्सी (बार्सिलोना) – ९ खेल

रोनाल्डो (म्यानचेस्टर युनाइटेड) – ११ खेल

इजेक्विल ग्यारे

मेस्सी (अर्जेन्टिना) –  ३१ खेल

रोनाल्डो (रियल म्याड्रिड) – २३ खेल

पाउलो डिबाला

मेस्सी (अर्जेन्टिना) – ११ खेल

रोनाल्डो (युभेन्टस) –  ७५ खेल

आन्द्रे गोमेस

मेस्सी (बार्सिलोना) – ६७ खेल

रोनाल्डो (पोर्चुगल) – २१ खेल

फर्नांडो गागो

मेस्सी (अर्जेन्टिना) – ६७ खेल

रोनाल्डो (रियल म्याड्रिड) – २४ खेल

गेब्रियल हेन्जे

मेस्सी (अर्जेन्टिना) –  ३६खेल

रोनाल्डो (म्यानचेस्टर युनाइटेड) – ७५ खेल

नेल्सन सेमेडो

मेस्सी (बार्सिलोना) – १०७ खेल

रोनाल्डो (पोर्चुगल) – ९ खेल

कार्लोस तेभेज

मेस्सी (अर्जेन्टिना) – ४७ खेल

रोनाल्डो (म्यानचेस्टर युनाइटेड) – ७९ खेल

डेको

मेस्सी (बार्सिलोना) – ७९ खेल

रोनाल्डो (पोर्चुगल) – ५७ खेल

गोन्जालो हिगुइन

मेस्सी (अर्जेन्टिना) – ६१ खेल

रोनाल्डो (रियल म्याड्रिडर युभेन्टस) – १७९ खेल

एन्जिल डि मारिया

मेस्सी (अर्जेन्टिना) – ८४ खेल

रोनाल्डो (रियल म्याड्रिड) – १६६ खेल

जेरार्ड पिके

मेस्सी (बार्सिलोना) –  ४८४ खेल

रोनाल्डो (म्यानचेस्टर युनाइटेड) – १४ खेल

प्रकाशित : आइतबार, भदौ २१, २०७७०७:१८

जवानीमा झनै गज्जब खेल्थे रोनाल्डो, यसरी डिफेन्डरको छुटाउँथे पसिना ! [भिडियो सहित]