जवानीमा झनै गज्जब खेल्थे रोनाल्डो, यसरी डिफेन्डरको छुटाउँथे पसिना ! [भिडियो सहित]

एजेन्सी – क्रिस्टियानो रोनाल्डो एक दशक भन्दा बढी समय देखि लगातार चर्चामा छन्। विगत एक दशक देखि क्लब फुटबलमा राज गरेका उनले विभिन्न रेकर्ड मात्र बनाएका छैनन्, विभिन्न क्लब र निजी उपाधि समेत जितेका छन्।

रोनाल्डोको सबै भन्दा बढी चर्चा रियल म्याड्रिडमा हुँदा थियो। त्यससमयमा उनले क्लब फुटबलमा जित्न सम्भव हुने निजी र क्लब स्तरीय सम्पूर्ण उपाधि जिते। त्यस बखत उनले ४ बालोन डि’ओर पनि जिते। उनले रियलमै हुँदा ४ च्याम्पियन्स लिग पनि जितेका थिए। रियलबाट उनले कुल ४ सय ३८ खेल खेल। जसक्रममा उनले ४ सय ५० गोल गरे। रियलको लागि कुनै पनि खेलाडीले गरेको उक्त गोल संख्या सर्वाधिक हो।

रियल आउनुभन्दा अगाडी पनि रोनाल्डो धेरै राम्रो खेल्थे। सर एलेक्स फर्ग्युसनको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडमा परिपक्क बनेका थिए रोनाल्डो। त्यसक्रममा उनले एक बालोन डि’ओर र च्याम्पियन्स लिग पनि जितेका थिए।

युनाइटेडको लागि पहिलो पटक मैदानमा उत्रिएका बेला देखि नै उनले मैदानमा राम्रो छाप छाडेका थिए। त्यसताका रोनाल्डो अहिले भन्दा केहि फरक थियो। उनको आक्रमण शैली अहिले भन्दा अलि फरक हुन्थ्यो।

विपक्षि टोलिले लज्जा महसुस गर्ने तरिकाले उनी गोल गर्थे। त्यति मात्र नभई उनी मैदानमा खेल्दै रमाइलो पनि गर्थे। कम उमेरमै उनले मैदानमा राम्रो छाप छाड्न सकेका थिए। जसकारण अहिले पनि युनाइटेड समर्थक ती पलहरु अझै सम्झिन्छन्।

म्याड्रिड र युभेन्टसमा रोनाल्डोले थप परिपक्क फुटबल खेलेको भएपनि युनाइटेडमा भने उनको खेल शैली रमाइलो हुन्थ्यो।

 

प्रकाशित : आइतबार, भदौ २१, २०७७१०:४९

“मेस्सीले बार्सिलोना भन्दा बाहिर गएर पनि चुनौती स्वीकार्नु पर्छ” – रोनाल्डो !