सामान्यतया कुनै पनि तरकारीको मूल्य १०० २०० रुपैयाँ किलो हुन्छ। तर संसारमा एक यस्तो तरकारी छ जसको एक किलोको मूल्य सुन्दा मानिस चकित हुन्छन्। उक्त तरकारीको एक किलोको मूल्य १००० यूरो पर्दछ अर्थात् १ लाख ३५ हजार भन्दा बढी नेपली रुपैयाँ।
यस तरकारीको नाम ‘हप शूट्स’ हो र यसको बोटमा फुल्ने फूललाई ’हप शंकु’ भनिन्छ। वास्तवमा, यसको फूल बियर बनाउन प्रयोग गरिन्छ जबकि डाठ खानाको रूपमा प्रयोग गरिन्छ। ‘हप शूट्स’ औषधीय गुणहरूले सम्पन्न हुन्छ, त्यसैले यसलाई जडिबुटीको रूपमा पनि प्रयोग गरिन्छ। दाँत दुख्ने समस्याको लागि यो धेरै प्रभावकारी हुन्छ। त्यस्तै, क्षय-रोग जस्तो ग-म्भी’र रोगको उपचारमा पनि यसको प्रयोग गरिन्छ। यसमा एन्टिबायोटिक गुणहरू समावेश हुन्छन्।
मान्छेहरू ‘हप शुट्स’ काँचै पनि खान्छन्। यद्यपि यो एकदम तितो हुन्छ। यसका डाठ सलादको रूपमा प्रयोग गरिन्छ। यसको अचार पनि बनाउन सकिन्छ, जुन धेरै स्वादिष्ट र स्वास्थ्यको लागि लाभदायक हुन्छ। मार्चदेखि जूनलाई ‘हप शुट्स’ खेतीका लागि उपयुक्त समय मानिन्छ। सबैभन्दा पहिले जर्मनीमा यसको खेती सुरु गरिएको थियो।