मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आमाको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। यस दिन पानी र स्त्री वर्गबाट बचेर रहनुहोला। विद्यार्थी वर्गको लागि समय सामान्य रहनेछ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। आर्थिक कारोबार गर्नको लागि दिन शुभ छैन।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

परिवार तथा मित्रगणसंग स्वादिष्ट एवम उत्तम भोजन गर्ने अवसर मिल्नेछ। कुनै कारणवश यात्राको योग बन्नेछ। आर्थिक आयोजना सफलतापूर्वक सम्पन्न हुने देखिन्छ। स्वास्थ्य राम्रो रहनेछ। दिन आनन्दमय रूपले बित्ने हुँदा मन प्रफुल्लित रहनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आफन्त तथा मित्रसंग रमणीय भेटघाट हुनेछ। आर्थिक कार्य गर्दा सावधान रहन जरूरी देखिन्छ। हरेक कार्य सरलतापूर्वक सम्पन्न हुँदा मन प्रशन्न रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। साथी-भाईबाट भरपूर सहयोग मिल्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आफन्त तथा मित्रसंग आनन्दमय रूपले दिन बित्नेछ। यात्राको योग बन्नेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रिय व्यक्तिसंगको भेटले मन प्रशन्न रहनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

वाणी तथा क्रोधमा संयम राख्नुहोला। कानुनी मामलाको चक्करमा नपर्नु नै राम्रो होला। स्त्री वर्गबाट यस दिन सावधान रहनु पर्नेछ। कुनै प्रकारको अनैतिक कार्य गर्नबाट बच्नुहोला। वैदेशिक क्षेत्रबाट केहि शुभ समाचार मिल्ने सम्भावना रहेको छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मित्रको साथमा रमणीय यात्राको योग बन्नेछ। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ। स्त्री मित्रबाट विशेष लाभ मिल्ने सम्भावना रहेको छ। धन लाभको योग रहेको छ। व्यापार व्यवसायमा समय अत्यन्त शुभ रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। परिवारमा हर्षो-उल्लासको माहोल रहनेछ। दाम्पत्य जीवनमा उत्तम सुखको अनुभूति हुनेछ। व्यावसाय क्षेत्रमा दिन सफल तथा शुभ रहनेछ। आमाबाट लाभ मिल्ने देखिन्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको लागि एस दिन सामान्य रहनेछ। लेखन तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सावधान रहनुहोला। व्यापार व्यवसाय क्षेत्रमा पनि समय प्रतिकूल रहने देखिन्छ। खर्चमा वृद्धि हुनेछ। यात्राको योग बन्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

खान-पानमा विशेष ध्यान राख्नुहोला। निर्धारित कार्य पूरा नहुँदा मन चिन्तित रहनेछ। कार्यभार अत्याधिक हुनाले मानसिक तनाब बढ्नेछ। खर्चमा वृद्धि हुनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। वाणीमा संयम राख्नुहोला। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आर्थिक हिसाबले दिन अत्यन्त शुभ रहनेछ। व्यापार व्यवसायमा बिस्तार हुनेछ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। स्वादिष्ट एवम उत्तम भोजन, नयाँ वस्त्र तथा वाहन सुख प्राप्त हुनसक्छ। आर्थिक लेन-देन गर्नको लागि पनि समय शुभ रहनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

स्वभावमा ज्यादा भावुकता रहनेछ। माइती पक्षबाट शुभ समाचार मिल्नेछ। घरमा सुख-शान्तिमय वातावरण रहनेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

विद्यार्थी वर्गको लागि समय शुभ रहनेछ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। स्त्री मित्रसंग रमणीय भेटघाट हुनेछ। खर्चमा वृद्धि हुँदा आर्थिक समस्याले सताउन सक्छ। साहित्य तथा लेखन क्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना रहेको छ।

