कुलमानको विषयमा मन्त्रिपरिषद्मा !

काठमाडौँ – ऊर्जा मन्त्रालयले कूलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेबारे प्रस्ताव मन्त्रिपरिषद्मा राखेको छ। सोमबार बसेको बैठकमा कूलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव उर्जा मन्त्रीले राखेका हुन्। तर, उक्त प्रस्ताव पारित भने हुन सकेन।

प्रधानमन्त्री केपी शर्मा ओलीले कूलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेबारे प्रस्ताव गएपछि कानुनी प्रश्न उठाएपछि तत्कालको प्रस्ताव तत्कालको लागि रोकिएको हो।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको थियो। चार वर्ष अगाडी भदौ २९ गतेका दिन कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका थिए।

कुलमानको कार्यकाल सकिँदै गर्दै उनी नै नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा नियुक्त हुनुपर्ने सर्वत्र माग उठेको थियो। उनको समर्थनमा कलाकार, सर्वसाधारण सहित राजनीतिक दलका नेताहरुले आवाज उठाएका थिए। साथै उनको पक्षमा सोमबार साँझ माइतीघरमा नाराबाजी समेत भएको थियो।

दैनिक १८ घण्टाको लोडसेडिङ अन्त्य प्रमुख भूमिका निर्वाह गर्दै आम जनमानसमा लोकप्रिय बनेका घिसिङले घाटामा रहेको प्राधिकरणलाई नाफा तर्फ अगाडी बढाएका छन्। उनको नेतृत्वमा प्राधिकरणले पछिल्ला केहि वर्ष देख नाफा कमाउँदै आएको छ।

(यस अगाडी गलत सूचनाका आधारमा अन्यथा हुन गएकोमा क्षमायाचना सहित समाचार सच्याइएको छ)

प्रकाशित : सोमबार, भदौ २९, २०७७१५:३१

कुलमानको पुनर्नियुक्ति रोकिएपछि बाबुरामले भने – “ओली सरकार लाटोबुंगो जस्तै भयो”