बिल गेट्सका पिताको निधन

एजेन्सी – माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ ।

उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

उनीअल्जाइमरको विरामी थिए । विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो ।उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताउनुभयो । उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताउनुभएको छ ।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाउनु भएको छ । विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए । उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त हुनुभएको थियो ।

प्रकाशित : बुधबार, भदौ ३१, २०७७०७:००

हजुरबुवाको श्राद्धमा खाना खाँदा नातिको ज्यान गयो, १८ जना गम्भीर बिरामी !