हजुरबुवाको श्राद्धमा खाना खाँदा नातिको ज्यान गयो, १८ जना गम्भीर बिरामी !

काठमाडौँ – श्राद्धमा खाएको खानाका कारण बिरामी भएका एक जनाको ज्यान गएको छ। कैलालीको गोदावरी नगरपालिका–१० मालाखेतीमा श्राद्धको खाना खाएर बिरामी भएका एक युवकको ज्यान गएको हो।

ज्यान गुमाउनेमा १८ वर्षीय सुरेन्द्र बोहरा रहेका छन्। २८ गते हजुरबुवाको श्राद्धमा खाना खाएर बिरामी भएपछि सेती प्रादेशिक अस्पताल पुर्याइएकोमा उनको मंगलबार निधन भएको हो।

उनलाई उपचारका लागि हिजो साँझ साढे पाँच बजे अस्पताल पुर्याइएको र उपचारको क्रममा राति निधन भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

यस्तै श्राद्धमा खाना खाएका परिवारका थप १८ जना पनि बिरामी भएका छन्। बिरामी भएकाहरुको सेती अस्पताल र माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। उपचार भइरहेका मध्ये पाँच जनाको अवस्था गम्भीर छ भने एक बालिकालाई आइसियुमा भर्ना गरिएको छ।

श्राद्धको खाएको खीर (प्रसाद) तरकारी, अचार र खानाका कारण झाडापखाला देखिएको बताइएको छ। अस्पतालमा भर्ना गरिएकाहरुमा विषाक्त खाद्य खाएका कारण हैजाको लक्षण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

बिरामी भएका धेरै जस्तो बेहोस अवस्थामा रहेको परिवारका सदस्य तथा गोदावरी नगरपालिका–१० का वडा अध्यक्ष रवीन्द्र शाहिले बताए। खानेकुरा सबै बजारबाटै ल्याइएको हुँदा कुन खानामा विषाक्त पदार्थ थियो भन्ने बारे एकिन हुन नसकेको उनको भनाई छ।

प्रकाशित : बुधबार, भदौ ३१, २०७७०७:३८

कुलमानका समर्थक माथि प्रहरीले पानीको फोहोरा हान्यो, माइतीघरबाट लखेट्यो !