दैनिक संक्रमणमा भारतले तोड्यो आफ्नै रेकर्ड, बनायो नयाँ रेकर्ड !

काठमाडौँ – बितेको २४ घण्टामा भारतमा अहिले सम्मकै बढी कोरोना संक्रमित फेला परेका हुन्। गएको दिन भारतमा अहिले सम्मकै बढी ९७ हजार ८ सय ५९ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका हुन्।

यो संख्या भारतको मात्र नभई विश्वकै उच्च हो। अहिले सम्म कुनै पनि दिन,कुनै पनि देशमा एकै दिन उक्त संख्यामा संक्रमित फेला परेका थिएनन्। पछिल्ला केहि हप्ता देखि भारतमा विश्वकै उच्च दैनिक संक्रमित फेला परिरहेका छन्।

भारतमा आइतबार पछी मात्रै ३ लाख ६४ हजार भन्दा बढी संक्रमित फेला परिसकेका छन्। भारतमा अहिले कोरोनाबाट सबै भन्दा बढी प्रभावित मुलुकको रुपमा रहेको छ। सबै भन्दा बढी संक्रमित रहेको अमेरिका भन्दा भारतमा दैनिक दोब्बर संक्रमित फेला परिरहेको अवस्था छ।

यो समाचार तयार पार्दा सम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५१ लाख १५ हजार ८ सय ९३ पुगिसकेको छ। जस मध्ये ४० लाख भन्दा बढी निको भइसकेका छन्।

गएको २४ घण्टामा भारतमा १ हजार १ सय ३९ जनाले ज्यान गुमाइसकेका छन्। जससँगै ज्यान गुमाउने कोरोना भाइरस संक्रमितको संख्या ८३ हजार २ सय ३० पुगेको छ।

प्रकाशित : बिहिबार, असोज ०१, २०७७०४:३४

असोज महिनाको पहिलो दिननै घट्यो सुनको मूल्य ! कति ?[मूल्य सहित]