असोज महिनाको पहिलो दिननै घट्यो सुनको मूल्य ! कति ?[मूल्य सहित]

काठमाडौँ – असोज महिनाको पहिलो दिन नै नेपाली बजारमा सुनको मूल्य घटेको छ। हप्ताको शुरुवात देखि लगातार बढेको सुनको मूल्य बिहिबार भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैंयाले घटेको छ । यससँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ९६ हजार ६ सय कायम भएको छ।

यस अगाडी बुधबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थित रहेको थियो। बुधबार र मंगलबार छापावाला सुन ९७ हजारमा कारोबार भएको थियो। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ९ सयले घटेको छ। आज तेजाबी सुनको मूल्य ९६ हजार १ सय कायम भएको छ।

गत महिना सुनको मूल्यमा लगातार घटबढ भएको थियो। भदौ महिनामा सुनको मूल्य १ लाख ४ सय सम्म पुगेको थियो भने सबै भन्दा कम ९५ हजार ८ सय सम्ममा घटेको थियो।

त्यस्तै साउन महिनामा भने सुनको मूल्यमा उच्च वृद्धि भएको थियो। साउन महिनामा सुनको मूल्यले रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो।

प्रकाशित : बिहिबार, असोज ०१, २०७७०५:२६

‘कुलमानको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा, नियुक्त हुनेमा उच्च सम्भावना’