काठमाडौँ, असोज ५। आइतबार स्थिर रहेको सुनको मुल्य आज सोमबार भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सयले बढेको हो।
आज सोमबार सुनको मूल्य तोलामा ४ २ सयले बढेसँगै छापावाला सुनको मूल्य ९७ हजार २ सय रुपैयामा कायम भएको महासङ्घले जनाएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सयले बढेको छ। आज तेजाबी सुनको मूल्य ९६ हजार ७ सय कायम भएको छ ।
गत महिना सुनको मूल्यमा लगातार घटबढ भएको थियो। भदौ महिनामा सुनको मूल्य १ लाख ४ सय सम्म पुगेको थियो भने सबै भन्दा कम ९५ हजार ८ सय सम्ममा घटेको थियो।
त्यस्तै साउन महिनामा भने सुनको मूल्यमा उच्च वृद्धि भएको थियो। साउन महिनामा सुनको मूल्यले रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो।
चाँदीको भाउ
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैंयाले बढेको महासङ्घले जनाएको छ। जससँगै चाँदीको मूल्य १ हजार ३ सय २० पुगेको छ।