आज फेरी बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ सोमबारको भाउ!

काठमाडौँ, असोज ५।  आइतबार स्थिर रहेको सुनको मुल्य आज सोमबार भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २  सयले बढेको हो।

आज सोमबार सुनको मूल्य तोलामा ४ २ सयले बढेसँगै छापावाला सुनको मूल्य ९७ हजार २ सय रुपैयामा कायम भएको महासङ्घले जनाएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २  सयले बढेको छ। आज तेजाबी सुनको मूल्य ९६ हजार ७  सय कायम भएको छ ।

गत महिना सुनको मूल्यमा लगातार घटबढ भएको थियो। भदौ महिनामा सुनको मूल्य १ लाख ४ सय सम्म पुगेको थियो भने सबै भन्दा कम ९५ हजार ८ सय सम्ममा घटेको थियो।

त्यस्तै साउन महिनामा भने सुनको मूल्यमा उच्च वृद्धि भएको थियो। साउन महिनामा सुनको मूल्यले रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो।

चाँदीको भाउ

आज चाँदीको मूल्य पनि बढेको छ ।  आज चाँदीको मूल्य तोलामा ५  रुपैंयाले  बढेको महासङ्घले जनाएको छ। जससँगै चाँदीको मूल्य १ हजार ३ सय २०  पुगेको छ।

प्रकाशित : सोमबार, असोज ०५, २०७७०६:२०

आज कुन देशको मुद्राको मूल्य कति ? हेर्नुहोस् आजको विनिमय दर !