देशभर हजार भन्दा बढी कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६७ हजार नाघ्यो !

बुधाबार देश भर १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर १ हजार १ सय ७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या ६७ हजार ८ सय ४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ९७ जनाको पिसिआर परीक्षण भएको छ। योसंगै, हालसम्म ९ लाख ४४ हजार ४ सय ७४ को पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९३ जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ छ। यस्तै ७  हजार १ सय २ जना क्वारेन्टिनमा छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा मुलुकभर थप ७ जनाको ज्यान गएसँगै हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ४३६ पुगेको छ।

प्रकाशित : बुधबार, असोज ०७, २०७७१०:५५

ओली ‘ब्याक’ भएपछि भारतमा खुशियाली, अन्ततः नेपाल भारत सामू झुक्यो भन्न थाले मिडिया !