के मेस्सी र रोनाल्डोको समय अन्त्य भएको नै हो त ?

बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो एक दशक यता फुटबल जगतमा एकछत्र राज गर्दै आएका छन्। फुटबल सम्बन्धि हरेक अवार्डमा यी दुई खेलाडी कै वर्चस्व रहँदै आएको छ। तर के अब मेस्सी र रोनाल्डोको समय सक्केकै हो त?

२०१९-२० सिजनको युईफए उत्कृष्ट खेलाडीको सूची सार्वजनिक भएको छ। यो सूचीमा मेस्सी र रोनाल्डो मध्य कोई पनि उत्कृष्ट ३ मा पर्न सफल भएनन्। करिब एक दशकमा पहलो पटक एस्तो भयो कि यी दुई खेलाडी मध्य एक पनि टप ३ मा छैनन्।

यूइएफएले सार्वजनिक गरेको टप ३ को सूचीमा च्याम्पियन्स लिग विजेता बार्यन म्युनिखका कप्तान म्यानुएल नुएर र रोर्बट लेवान्डोस्कीका साथै म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएन रहेका छन्।

बार्सिलोनाका स्टार लियोनल मेस्सीले २०१०-११ र २०१४-१५ यो उपाधि जितेका छन् भने पोर्चुगिज स्टार रोनाल्डोले २०१३-१४, २०१५-१६ र २०१६-१७ गरी तीन पटक जितेका छन्। त्यस्तै, पछिल्लो दशकमा मेस्सी ६ पटक उत्कृष्ट ३ मा पर्न सफल भएका छन् भने रोनाल्डो ९ पटक टप ३ मा मनोनित भएका छन्।

तर यो सिजन भने दुबै स्टारको लागि सुखद रहेन। रोनाल्डोको युभेन्टस अन्तिम १६ मा लियोनसँग अप्रत्यासित रूपमा पराजित हुन पुग्यो भने मेस्सीको कप्तानीमा रहेको बार्सिलोना अन्तिम ८ मा बार्यन म्युनिखसँग ८-२ को लज्जास्पद हार व्यहोर्न बाध्य भयो। दुबै खेलाडीले प्रतियोगिताभर मात्र ३-३ गोल गर्न सफल भए।

प्रकाशित : बिहिबार, असोज ०८, २०७७१७:१०

“बायर्नसँग ८-२ले हार्नु दुर्घटना थियो, बदला लिइन्छ”