“बायर्नसँग ८-२ले हार्नु दुर्घटना थियो, बदला लिइन्छ”

एजेन्सी – बार्सिलोनाका नयाँ मिडफिल्डर मिरालेम पियानेचले च्याम्पियन्स लिगको लज्जास्पद हार भन्दा माथि उठेर क्लबले उत्कृष्ट प्रदर्शन गर्ने दावी गरेका छन्।

उनका अनुसार बार्सिलोनाले अब आउने समयमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बायर्नसँग हार्नु एक दुर्घटना थियो भन्ने पुष्टि गर्नेछ।

लालिगाको नयाँ सिजनको पहिलो खेलमा भिल्लारियलविरुद्ध उत्रनु अगाडी एक मिडियासँग कुराकानी गर्दै पियानेचले सहज नभएपनि बार्सिलोनाले सुधारिएको प्रदर्शन मात्र नभई बायर्नसँगको हार दुर्घटना थियो भनेर पुष्टि गर्ने दावी गरे।

च्याम्पियन्स लिगमा प्राप्त निराशाको बदला यस सिजनमा क्लवले लिने उनको भनाई छ। बार्सिलोना एक-एक पाइला गर्दै लक्ष्य तर्फ बढ्ने पनि उनले स्पष्ट पारे।

“एक-एक पाइला गर्दै चरणबद्ध रूपमा हाम्रो लक्ष्य तर्फ अगाडी बढ्ने छौँ, जुन सहज छैन। लिगबाट शुरू भएर हामी च्याम्पियन्स लिग सम्म अगाडी बढ्ने छौं।”,उनले भने ,”मार्चबाट सिजनभित्रकै नयाँ सिजन सुरु हुनेछ । त्यस समय सम्म हामी बदलाको उच्च विन्दुमा हुनेछौँ”

बार्सिलोनाका खेलाडीहरुले यस अगाडी नै सम्मान जितिसकेको हुँदा थप केहि प्रमाणित गर्नुपर्ने अवस्था नरहेको उनले बताए। ८-२ को हार एउटा दुर्घटना थियो भनेर प्रमाणित गर्न बार्सिलोनाका हरेक खेलाडी आतुर रहेको उनको भनाई छ।

“हाम्रा खेलाडीहरुले पहिल्यै फुटबल जगतको सम्मान जितिसकेका छन् र मलाई लाग्दैन कि उनीहरुले कसैलाई केही प्रमाणित गरेर देखाउनुपर्ने छ । तर, फुटबलमा केही दुर्घटनाहरु हुन्छन् । ८-२ को हार एउटा दुर्घटना थियो भनेर देखाउन बार्सिलोनाका सबै खेलाडी आतुर छन् “,उनले भने।

प्रकाशित : शुक्रबार, असोज ०९, २०७७०८:४३

सुवारेज प्रति गरेको व्यवहार माथि मेस्सीले प्रश्न उठाए, लेखे यस्तो भावुक पोस्ट !