सुवारेज प्रति गरेको व्यवहार माथि मेस्सीले प्रश्न उठाए, लेखे यस्तो भावुक पोस्ट !

लियोनल मेस्सीले लुइस सुवारेजको बिदाईमा एक भावनात्मक संदेश लेख्दै बार्सिलोना माथि कडा प्रहार गरेका छन्। उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै बार्सिलोनाले सुवारेज प्रति गरेको व्यवहार र निर्णय माथि प्रश्न उठाएका छन्।

नयाँ प्रशिक्षक रोनाल्ड कोमन नियुक्त भएसँगै सुवारेज आफ्नो योजनामा नरहेको बताएका थिए। २०१४ मा लिभरपुलबाट बार्सिलोना आएका सुवारेज क्लबमा ६ वर्ष बिताएपछि एथलेटिको म्याड्रिडसँग अनुबन्ध भएका छन्। लियोनल मेस्सी र लुइस सुवारेज बीच यो समयमा निकै राम्रो मित्रता थियो। उनीहरुको जोडी फुटबल जगतको सबैभन्दा खतरनाक जोडी पनि मानिन्थ्यो।

बार्सा सुपरस्टारले इन्स्टाग्राममा पोस्ट गरिसकेका छन्: “मैले कल्पना गर्न सुरु गरिसकेको थिएँ तर आज म ड्रेसिंग कोठामा गएँ र आज यो सत्य भयो। तिमी बिना खेल मैदान भित्र र बाहिर निकै गाह्रो हुनेछ।”  “हामी तिमीलाई धेरै सम्झिने छौँ। हामीले धेरै वर्ष सँगै बितायौं, सँगै खाजा खाना खायौँ। हामीले सँगै बताएका हरेक पल, यति धेरै चीजहरू हामी कहिले पनि बिर्सने छैनौं, मेस्सीले लेखेका छन्।

मेस्सी अगाडी लेख्छन्,”तिमीलाई अर्को टोलीको शर्टमा देख्दा अनौंठो हुनेछ र पिचमा तिम्रो विरूद्धमा आउनको लागि धेरै गाह्रो हुनेछ। क्लबको उत्कृष्ट खेलाडी मध्य एक भएको नाताले तिमी एक राम्रो बिदाईको योग्य थिएउ, जसले टोलीको लागि र व्यक्तिगत स्तरमा ठूला ठूला उपाधि र सम्मान प्राप्त गर्‍यो।”

“क्लबले तिमी प्रति जे व्यवहार गर्यो तिमी त्यो लायक थिएनौ। तर सत्य यो हो कि यस चरणमा मलाई कुनै कुराले अचम्म पार्दैन। ” मेस्सीले लेखे।

प्रकाशित : शुक्रबार, असोज ०९, २०७७१०:३३

सुआरेजको बहिर्गमनमा आफ्नो भूमिका बारे पहिलो पटक बोले कोम्यान !