सुआरेजको बहिर्गमनमा आफ्नो भूमिका बारे पहिलो पटक बोले कोम्यान !

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले लुइस सुआरेजको बहिर्गमन आफू क्लबमा आउनु भन्दा अगाडी नै तय भएको बताएका छन्।

आफ्ना कारण सुआरेजको बार्सिलोनाबाट बहिर्गमन भएको आरोप लाग्न थालेपछि कोम्यानले सुआरेजको बहिर्गमन आफू क्लबमा आउनु भन्दा अगाडी नै तय भएको बताएका हुन्।

सुआरेजको बहिर्गमनमा आफूलाई खलनायकको रुपमा प्रस्तुट गरिएको उनको भनाई छ। सुआरेजको बहिर्गमनमा आफ्नो कुनै पनि प्रकारको भूमिका नरहेको उनले स्पष्ट पारे।

“सुआरेजको बहिर्गमनमा म खलनायक जस्तै भएको छु। तर, त्यस्तो होइन। सुआरेजको बहिर्गमन म बार्सिलोना आउनु भन्दा अगाडी नै तय भएको थियो।”,उनले भने,”मैले गरेको यति मात्र हो कि मैले क्लबको उक्त निर्णयलाई समर्थन गरें।”

साथै उनले सुआरेजलाई सम्मान व्यक्त गरेको पनि बताए। बार्सिलोनामा खेल्ने मौका कम हुन सक्ने भन्दै आफूले क्लब छाड्न सुआरेजलाई सुजाव दिएको भने उनी स्वीकार्छन्। सुआरेजको बहिर्गमनले लियोनेल मेस्सीलाई भावनात्मक ठेस पुगेको भएपनि मैदानमा भने त्यस्तो नहुने उनको विश्वास छ।

“आफ्ना हितैसी क्लबबाट बाहिरिँदा मेस्सी दुखि हुनु स्वाभाविक हो। तर, त्यसका बाबजुत प्रशिक्षणका क्रममा र खेलका क्रममा मेस्सीले उदाहरण पेश गरिरहेका छन्। उनको प्रदर्शन क्षमता बारे मलाई कुनै पनि गुनासो छैन”,उनले भने।

उरुग्वेली फरवार्ड सुआरेजले गत साता बार्सिलोना छाडेर एटलेटिको म्याड्रिड पुगेका थिए। लुइस सुआरेजले क्लब छाड्नु परेको विषयमा मेस्सीले असन्तुष्टी व्यक्त गरेका थिए।

सुआरेज बार्सिलोनाका सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा रहेका थिए। यसरी एक्कासी भएको सुआरेजको बहिर्गमनलाई लिएर मेस्सी मात्र नभई बार्सिलोना समर्थक पनि असन्तुष्ट छन्। सुआरेजको बहिर्गमन नयाँ प्रशिक्षकक कारण भएको आरोप लगाइएको छ। जस कारण कोम्यानले एक पत्रकार सम्मेलनका क्रममा सोबारे प्रकाश पारेका हुन्।

प्रकाशित : आइतबार, असोज ११, २०७७०५:३३

वास्तावमा मेस्सी रोनाल्डो भन्दा पेलेले धेरै ब्यालोन डि ओर जितेका रहेछन् ! कसरी ? हेर्नुहोस् !