वास्तावमा मेस्सी रोनाल्डो भन्दा पेलेले धेरै ब्यालोन डि ओर जितेका रहेछन् ! कसरी ? हेर्नुहोस् !

लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डोले भन्दा ब्राजिलका दिग्गज खेलाडी पेलेले धेरै ब्यालोन डि ओर जितेका छन। पेलेले विश्वको सर्वश्रेष्ठ खेलाडी भनेर चिनिने वार्षिक पुरस्कार सात पटक जितेको दावी गरिएको छ।

हामी सबैलाई थाहा छ कि सबैभन्दा धेरै ब्यालोन डि ओर जित्ने रेकर्ड लियोनल मेस्सीको नाममा छ। उनले ६ पटक यो पुरस्कार जितेका छन् भने उनका चिर प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोले ५ पटक जितेका छन्। तर बेलन डी’ओर आयोजना गर्ने फ्रान्स फुटबलका अनुसार पेलेले यो पुरस्कार सात पटक जितेका छन्।

सन् १९९५ सम्म यूरोपियन फुटबलरहरूलाई मात्र ब्यालोन डी ओर जित्नका लागि योग्य मानिन्थ्यो। तर यो धेरै अन्यायपूर्ण देखियो, त्यसैले फ्रान्स फुटबलले त्यो नियम परिवर्तन गर्‍यो र विश्वको सर्वश्रेष्ठलाई यो पुरस्कारले सम्मान गर्न निर्णय गर्यो। त्यसपछि, २०१६ मा फ्रान्स फुटबलले यदि यो उपाधि सधैं विश्वव्यापी रहेको भए कसले जित्थ्यो त भनेर “अन्तर्राष्ट्रिय पुनर्मूल्यांकन” गर्यो। उक्त मूल्यांकनका अनुसार ब्राजिलियन लेजेण्ड पेलेले ७ पटक(१९५८, १९५९, १९६०, १९६१, १९६३, १९६४ र १९७०) यो उपाधि जित्ने देखियो।

फ्रान्स फुटबलले “पेले ७ ब्यालोन डी’अर्स” हेडलाइनको साथ पेलेको म्यागजिन कभर पनि छाप्यो।

उनीहरुले यो मूल्यांकन केवल त्यहि वर्ष अनुसार गरे जब एक गैर-यूरोपीय खेलाडी यो उपाधि जित्न योग्य थिए। नतिजा स्वरूप, डिएगो माराडोना (दुई पटक), रोमारियो, मारियो केम्पेस र गेरिंचा पेलले मानद विजेताहरूको सूचीमा सामेल भए।

प्रकाशित : आइतबार, असोज ११, २०७७१३:००

“मेस्सीबाट राम्रो साथ पाइरहेको छु, उनकै मार्गदर्शनमा सफल भएँ”