लुइस सुवारेजले रुँदै छाडे बार्सिलोना !

बार्सिलोनाका स्ट्राइकर लुइस सुवारेज ला लिगा प्रतिद्वन्दी एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन्। छ वर्ष बार्सिलोनामा बिताएका सुवारेजको लागि एट्लेटिकोले बार्सालाई ६ मिलियन युरो तिर्ने दुई क्लब बीच सम्झौता भएको छ।

“एफसी बार्सिलोना र एलेटिको म्याड्रिडले खेलाडी लुइस सुआरेजको स्थानान्तरणका लागि सम्झौता गरेको छ। म्याड्रिड क्लबले भेरिएबलमा एफसी बार्सिलोनालाई ६ मिलियन डलर भुक्तान गर्नेछ,” क्याटालान क्लबले घोषणा गरेको छ।

२०१४ मा लिभरपुलबाट बार्सिलोना आएका सुवारेजले क्लबका लागि २८३ खेल खेल्दै १९८ गोल गरेका छन्। मेस्सी (६ सय ३४) र सेजार रोद्रिगेज (२ सय ३२) पछि सुवारेज १ सय ९८ गोलसहित बार्साका तेश्रो सर्वाधिक गोलकर्ताको रुपमा क्लब छाडेका हुन्। बार्सिलोनामा ६ वर्ष बताएका उनले ४ ला-लिगा र च्याम्पियन्स लिगका साथै २०१५-१६ मा व्यक्तिगत रूपमा गोल्डेन बुट उपाधि पनि जितेका छन्।

सुवारेज रुँदै बिदा भए
एट्लेटिको म्याड्रिड जाने पक्का भएपछि लुइस सुवारेज अन्तिम पटक आफ्ना साथीहरुलाई भेट्न क्लबको ट्रेनिंग ग्राउण्ड पुगेका थिए। उनको अन्तिम बिदाइ निकै भावनात्मक रह्यो।

अन्तिम पटक आफ्ना साथीहरुलाई भेट्न आएका सुवारेज ट्रेनिंग ग्राउण्डबाट बहिर निस्कँदा उनको आँखामा आँसु थियो। क्याटलनकै दैनिक पत्रिका स्पोर्टले लेखेको छः “लुईस सुवारेज सेन्ट जोवान डेस्पी ट्रेनिङ्ग सेन्टरबाट रुदै बाहिरिए।” सुवारेजको टिममा प्राय: सबै खेलाडीसँग राम्रो सम्बन्ध रहेको छ र बिशेषगरि अर्जेन्टाइन स्ट्राइकर लियोनेल मेस्सी उनको निकै मिल्ने साथी रहेका छन् ।

प्रकाशित : बिहिबार, असोज ०८, २०७७०७:३०

“एम्बाप्पेले रियल म्याड्रिड जाने निर्णय गरिसके”