लगातार तीन दिन घटेको सुनको मूल्य आज बढ्यो ! कति ?

काठमाडौँ – केहि दिन देखि लगातार बढिरहेको सुनको मूल्य शुक्रबार बढेको छ। शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैंयाले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा ८ सयले बढेसँगै छापावाला सुनको मूल्य ९३ हजार ९ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ सयले बढेको छ। जससँगै तेजाबी सुनको मूल्य ९३ हजार ४ सय कायम भएको छ।

असोज लागेसँगै सुनको मूल्य लगातार घट्न थालेको सुनको मूल्य बिहिबार साउन ६ गते यताकै सस्तो विन्दुमा पुगेको थियो। बिहिबार छापावाला सुन ९३ हजार १ सयमा कारोबार भएको थियो।

कोरोना महामारी पश्चात सुनको मूल्यमा लगातार बढेर साउनमा रेकर्ड नै कायम गरेको थियो। साउन २८ गते सुन १ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि केहि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा ४० रुपैंयाले बढेको छ। जससँगै प्रतितोला मूल्य १ हजार १ सय ६० कायम भएको छ।

प्रकाशित : शुक्रबार, असोज ०९, २०७७०५:३४

आज कुन देशको मुद्राको मूल्य कति ? हेर्नुहोस् नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमय दर !