आज कुन देशको मुद्राको मूल्य कति ? हेर्नुहोस् नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमय दर !

काठमाडौँ – शुक्रबार अमेरिकी डलर बिहिबारको तुलनामा केहि महँगो भएको छ। नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय १७ रुपैयाँ ९४ पैसा र विक्रिदर एक सय १८ रुपैयाँ ५४ पैसा तोकेको छ।

शुक्रबार अन्य देशको मुद्राको विनिमय दर पनि घटबढ भएको छ। अमेरिकी डलरको विनियम दर बढेपनि शुक्रबार युरोको विनियम दर भने घटेको छ। युरो एकको खरिददर एक सय ३७ रुपैयाँ ३५ पैसा र विक्रिदर एक सय ३८ रुपैयाँ ०५ पैसा तोकिएको छ।

शुक्रबार साउदी अरवको रियाल भने केहि महँगीएको छ। आज साउदी अरवको रियालको खरिददर ३१ रुपैयाँ ४४ पैसा र विक्रिदर ३१ रुपैयाँ ६० पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले तोके अनुसार विभिन्न देशका मुद्राको विनियम दर निम्न छन्।

– कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र विक्रिदर ३२ रुपैयाँ ५६ पैसा ।

– युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र विक्रिदर ३२ रुपैयाँ २७ पैसा।

– मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २९ पैसा र विक्रिदर २८ रुपैयाँ ४४ पैसा।

– कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०५ पैसा र विक्रिदर १० रुपैयाँ १० पैसा।

– एक कुवेती दिनारको एकको खरिददर ३ सय ८४ रुपैयाँ ९२ पैसा र विक्रिदर ३ सय ८६ रुपैयाँ ८८ पैसा।

– एक बहराइन दिनार एकको खरिददर ३ सय १२ रुपैयाँ ७६ पैसा र विक्रिदर ३ सय १४ रुपैयाँ ३५ पैसा।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।

प्रकाशित : शुक्रबार, असोज ०९, २०७७०७:१७

शुक्रबार बढेको सुनको मूल्य आज घट्यो ! कति ? [मूल्य सहित]