शुक्रबार बढेको सुनको मूल्य आज घट्यो ! कति ? [मूल्य सहित]

काठमाडौँ – शुक्रबारको तुलनामा सुनको मूल्य आइतबार घटेको छ। सुनको मूल्य आइतबार तोलामा ६ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा ६ सयले घटेसँगै छापावाला सुनको मूल्य ९३ हजार ३ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सयले घटेको छ। जससँगै तेजाबी सुनको मूल्य ९२ हजार ८ सय कायम भएको छ।

सुनको मूल्य असोज लागेसँगै लगातार घटिरहेको छ। छापावाला सुनको मूल्य असोज १ गते ९६ हजार ६ सय रहेको थियो। जबकी आज सुनको मूल्य ९३ हजार ३ सय रहेको छ।

कोरोना महामारी पश्चात लगातार बढेको सुनको मूल्यले साउनमा रेकर्ड बनाएको थियो। त्यसबखत सुन १ लाख नाघेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो। त्यसयता सुनको मूल्य घटबढ हुँदै आएको छ।

अहिले तुलनात्मक रूपमा डलर बलियो हुँदै गएको अन्तर्राष्ट्रिय बजारमा नै सुन बोलकबोलबाट बिक्री हुन थालेकाले मूल्य घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । नेपालमा सुनको मूल्य प्रतितोला ९० हजार सम्ममा झर्न सक्ने उनको भनाई छ।  सुनको मूल्य घटिरहेपनि कारोबार भने ठप्प रहेको उनले बताए।

प्रकाशित : आइतबार, असोज ११, २०७७०५:११

यस्तो छ आज सुनचाँदीको भाउ !