यस्तो छ आज सुनचाँदीको भाउ !

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आइतबार शनिबारको तुलनामा तोलामा ६ सयले घटेर ९३ हजार ३ सय कायम भएको छापावाला सुनको मूल्य सोमबार पनि स्थिर रहेको छ। त्यस्तै तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

असोज लागेसँगै लगातार घटिरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ।

कोरोना महामारी पश्चात लगातार बढेको सुनको मूल्यले साउनमा रेकर्ड बनाएको थियो। त्यसबखत सुन १ लाख नाघेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो। त्यसयता सुनको मूल्य घटबढ हुँदै आएको छ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि आइतबारकै मूल्य ११५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : सोमबार, असोज १२, २०७७०६:१५

आज कुन देशको मुद्राको विनियमदर कति ? हेर्नुहोस नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर !