आज कुन देशको मुद्राको विनियमदर कति ? हेर्नुहोस नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर !

काठमाडौँ – मंगलबार अमेरिकी डलर केहि महँगो भएको छ। नेपाल राष्ट्र बैंकले तोकेको विनियम दर अनुसार सोमबारको तुलनामा डलर केहि महँगो भएको हो।

सोमबार खरिददर एक सय १७ रुपैयाँ ४८ पैसा र विक्रिदर एक सय १८ रुपैयाँ ८ पैसा रहेको डलरको खरिददर आज एक सय १७ रुपैयाँ ७५ पैसा र विक्रिदर एक सय १८ रुपैयाँ ३५ पैसा तोकिएको छ।

डलर केहि महँगो भएपनि आज युरो भने केहि सस्तो भएको छ। नेपाल राष्ट्र बैंकले युरो एकको खरिददर एक सय ३७ रुपैयाँ १५ पैसा र विक्रिदर एक सय ३७ रुपैयाँ ८५ पैसा तोकेको छ। यस्तै आज साउदी अरवको रियाल, कतारी रियाल, युएई दिर्हाम, मलेसियन रिंगिट लगायतका मुद्र पनि केहि महँगीएका छन्।

नेपाल राष्ट्र बैंकले तोके अनुसार विभिन्न देशका मुद्राको विनियम दर निम्न छन्।

– साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३९ पैसा र विक्रिदर ३१ रुपैयाँ ५५ पैसा ।

– कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र विक्रिदर ३२ रुपैयाँ ५० पैसा ।

– युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र विक्रिदर ३२ रुपैयाँ २२ पैसा।

– मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २० पैसा र विक्रिदर २८ रुपैयाँ ३४ पैसा।

– कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०४ पैसा र विक्रिदर १० रुपैयाँ ०९ पैसा।

– एक कुवेती दिनारको एकको खरिददर ३ सय ८४ रुपैयाँ ३० पैसा र विक्रिदर ३ सय ८६ रुपैयाँ २५ पैसा।

– एक बहराइन दिनार एकको खरिददर ३ सय १२ रुपैयाँ २० पैसा र विक्रिदर ३ सय १३ रुपैयाँ ८० पैसा।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।

प्रकाशित : मङ्गलबार, असोज १३, २०७७०४:४६

हप्तामा पहिलो पटक बढ्यो सुनको मूल्य ! कति ? [मूल्य सहित]