पछिल्लो २४ घण्टामा हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि !

सोमबार देशभर १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ४ सय ४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा  १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा ७ सय ४२ जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ छ। यस्तै ६  हजार ३ सय १०  जना क्वारेन्टिनमा छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ जनाको ज्यान गएसँगै हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ४८१ पुगेको छ।

प्रकाशित : सोमबार, असोज १२, २०७७१०:४७

काठमाडौं उपत्यकामा ८१७ जना संक्रमित, अन्य ठाउँमा कति? हेर्नुहोस् !