काठमाडौं उपत्यकामा ८१७ जना संक्रमित, अन्य ठाउँमा कति? हेर्नुहोस् !

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। योसँगै नेपालमा  आजसम्म ७४ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७ सय ४२ जना कोरोनाबाट मुक्त भएका छन्। जससँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ।

यस दिन १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ।

उपत्यकामा ८ सय भन्दा बढी कोरोना संक्रमित

काठमाडौं उपत्यकामा सोमबार थप ८ सय १७ जनामा संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ४९ जना, ललितपुर जिल्लामा १३२ जना र भक्तपुर जिल्लामा ३६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अन्य जिल्लामा कति ? हेर्नुहोस् विवरण –

प्रकाशित : सोमबार, असोज १२, २०७७१०:५६

“ओली सरकारमा हुन सम्म भ्रष्टचार भयो, अब घेर्नुपर्छ”