भोलि असोज २३ गते शुक्रबार, कुन राशिलाई कति शुभ? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको लागि यस दिन मिश्रित फलदायी रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ। नयाँ कार्य प्रारम्भ गर्न दिन शुभ रहनेछ। कार्यक्षेत्र तथा व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल नरहला। यात्राको योग बन्नेछ। वाणीमा संयम राख्नुहोला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यस दिन नयाँ कार्य प्रारम्भ नगर्नुहोला। भाई-बहिनीसँगको सम्बन्धमा सुमधुरता छाउनेछ। नवाश्यक वाद-विवादमा नपर्नुहोला। हातमा आएको काम पनि गुमाउन सकिनेछ, सजग रहनुहोला। स्वास्थ्य सामान्य रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मित्र वा परिवारका सदस्यहरूसँग स्वस्दिष्ट एवम उत्तम भोजनको मज्जा लिन सकिन्छ। स्वास्थ्य राम्रो रहनेछ। आर्थिक दृष्टिबाट दिन लाभदायक छ। खर्चमा पनि वृद्धि हुने देखिन्छ। प्रियजन वा मित्रबाट उपहार प्राप्त गरेर मन प्रफुल्लित हुनेछ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। आफन्तसँग मनमुटाव हुनसक्छ। पारिवारिक कार्यहरूमा खर्च हुनेछ। अनावश्यक झै-झगडाबाट टाढा नै रहनुहोला। धनहानि हुने सम्भावना छ। कार्यक्षेत्रमा पनि समय अनुकूल नरहला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको लागि यस दिन शुभ रहने देखिन्छ। नयाँ कार्यको आरम्भ गर्नको लागि दिन शुभ रहनेछ। स्त्री मित्रबाट विशेष लाभ मिल्ने सम्भावना छ। व्यापारमा लाभ मिल्नेछ। धनप्राप्तिको योग रहेको छ। यात्राको योग बन्ने देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्यको आयोजना यस दिन सफल हुनेछ। कार्यक्षेत्रमा समय अत्यन्त शुभ रहनेछ। व्यापार व्यवसाय क्षेत्रबाट विशेष लाभ मिल्नेछ। पदोन्नतिको योग रहेको छ। उच्च पदाधिकारीबाट लाभ मिल्ने सम्भावना छ। परिवारमा आनन्दमय वातावरण रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

यस दिन तपाईं बौद्धिक र लेखका कार्यहरूमा सक्रिय रहनुहुनेछ। नयाँ कार्यको सुरूवात गर्नको दिन राम्रो छ। लामो यात्रा वा धार्मिक स्थलको भ्रमण गर्ने सम्भावना छ। व्यापारमा लाभको अवसर मिल्नेछ। स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। व्यर्थको वाद-विवादमा नपर्नुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

नयाँ कार्य प्रारम्भ नगर्नुहोला। वाणीमा संयम राख्न जरूरी देखिन्छ। अनैतिक कार्य गर्नबाट बच्नुहोला। अत्याधिक खर्च हुनाले आर्थिक समस्याले सताउन सक्छ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। कार्यक्षेत्रमा समय सोचे जस्तो अनुकूल नरहला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

रमणीय यात्राको योग बन्नेछ। साथी-भाईसँग स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। विपरित् लिंगी प्रति आकर्षण बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान तथा ख्याति प्राप्त हुनेछ। कार्यक्षेत्रमा सहकर्मीबाट भरपूर सहयोग मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापारमा बिस्तार हुनेछ। आर्थिक पक्ष मजबूत रहनेछ। आर्थिक लेन-देनको लागि पनि दिन शुभ रहनेछ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। आवश्यक क्षेत्रमा खर्च हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यस दिन कुनै नयाँ काम सुरु नगर्नुहोस्। वाणीमा संयम राख्नुहोला। लेखन तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। आकस्मिक धन खर्च हुने सम्भावना रहेको छ। स्वास्थ्यमा समस्या आउनसक्छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिवारका सदस्यसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। धनहानि हुने सम्भावना रहेको छ। कार्यक्षेत्रमा प्रतिकूल परिस्थिति सिर्जना हुनसक्छ। यस दिन स्त्री वर्गबाट सावधान रहनुहोला।

प्रकाशित : बिहिबार, असोज २२, २०७७१८:४१

आज असोज २४ गते शनिबार, कुन राशिलाई कति शुभ? हेर्नुहोस दैनिक राशिफल!