दैनिक एउटा अमला खाँदा स्वास्थ्यलाई कस्ता फाइदा पुग्छन् ?

अमला हामीले खाइरहने फल मध्ये एक हो । यो स्वादमा अमिलो हुन्छ । यो भिटामिनयुक्त फल हो । त्यसैले यो स्वास्थ्यको लागी निकै लाभदायक मानिन्छ । चिकित्षकहरु हरेक दिन एउटा अमला खान सल्लाह दिने गर्छन् । अमला खानुभन्दा पहिले अमलाले हामीलाई के फाइदा पुर्याउँछ भन्ने कुरा जान्नु जरुरी हुन्छ ।

अमला खाँदा हामीलाई पुग्ने फाइदा यस्ता छन् :

१) मुटुको समस्या : अमलाले हाम्रो शरीरमा नराम्रो कोलेस्ट्रोललाई घटाउन मद्धत गर्छ । यसले गर्दा हामीलाई मुटु सम्बन्धि समस्या हुन पाउदैन ।

२) तौल कम : अमलाले शरिरको मेटाबोलिजम बढाउँछ । जसले गर्दा शरीरको तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।

३) पाचनः अमालामा पाइने फाइबरले हाम्रो पाचन पक्रियालाई मद्धत पुर्याउँछ । यसले गर्दा हामीलाई कब्जियत जस्तो समस्या हुन पाउदैन । ।

४) कमजोरी : अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।

५) अनुहारमा चमक : यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

६) राम्रो कपाल : यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

७) क्यान्सर : अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।

प्रकाशित : बिहिबार, असोज २२, २०७७१८:२९

जानीराखौ घरमै सबैभन्दा सजिलो गरि वजन घटाउने तरिका!