काठमाडौँ – आइतबार सुनको मूल्य केहि हप्ता यताकै महँगो विन्दुमा पुगेको छ। शुक्रबारको तुलनामा ८ सयले बढेसँगै सुनको मूल्य असोज ५ गते पछाडीकै महँगो विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार ८ सयले बढेसँगै आइतबार छापवाला सुन मूल्य ९५ हजार ६ सय भएको छ भने तेजाबी सुनको मूल्य ९५ हजार १ सय भएको छ। आइतबारको मूल्य असोज ५ गते यताकै महँगो हो।
असोज लागेसँगै सुनको मूल्य केहि घट्न थालेको थियो। लगातार घटेसँगै सुनको मूल्य असोज ८ गते साउन महिना यतालै कम विन्दुमा पुगेको थियो। त्यसयता सुनको मूल्य लगातार घटबढ हुँदै आएको छ। गत हप्ता सुनको मूल्य बढीमा ९४ हजार ९ सय सम्म पुगेको थियो भने कममा ९३ हजार ९ सय सम्म घटेको थियो।
यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य १ हजार २ सय ३५ कायम भएको छ।