लगातार बढ्दै गएको सुनको भाउमा आज गिरावट, यस्तो छ आजको भाउ [मूल्य सहित]

बुधबार सुनको मूल्यमा केहि गिरावट आएको छ। मंगलवारको तुलानामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार ६ सयले गिरावट आएसँगै बुधबार छापवाला सुन मूल्य ९४ हजार ५ सय भएको छ भने तेजाबी सुनको मूल्य ९४ हजार कायम भएको छ। मंगलबार छापवाला सुन प्रति तोला ९५ हजार १ सय र तेजाबी सुन ९४ हजार ६ सयमा कारोबार भएको थियो।

असोज लागेसँगै सुनको मूल्य केहि घट्न थालेको थियो। लगातार घटेसँगै सुनको मूल्य असोज ८ गते साउन महिना यतालै कम विन्दुमा पुगेको थियो। त्यसयता सुनको मूल्य लगातार घटबढ हुँदै आएको छ। गत हप्ता सुनको मूल्य बढीमा ९४ हजार ९ सय सम्म पुगेको थियो भने कममा ९३ हजार ९ सय सम्म घटेको थियो।

त्यस्तै बुधबार चाँदीको भाउमा समेत प्रतितोला २० रुपैंयाँले घटेको छ। अघिल्लो दिन १२ सय २५ मा कारोबार भएको चाँदी शुक्रबार १२ सय ५ निर्धारण गरिएको छ।

प्रकाशित : बुधबार, असोज २८, २०७७११:२१

महिनाको अन्तिम दिन बढ्यो सुनको मूल्य ! कति ? [मूल्य सहित]