महिनाको अन्तिम दिन बढ्यो सुनको मूल्य ! कति ? [मूल्य सहित]

काठमाडौँ – दुई दिन स्थिर रहेको सुनको मूल्य शुक्रबार बढेको छ। बुधबार र बिहिबार दुई दिन स्थिर रहेको सुनको मूल्य शुक्रबार भने केहि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेको छ। जससँगै शुक्रबार छापवाला सुन मूल्य ९४ हजार ९ सय भएको छ भने तेजाबी सुनको मूल्य ९४ हजार ४ सय भएको छ।

असोज महिनामा सुनको मूल्य पछिल्ला केहि महिनाहरु भन्दा केहि सस्तो रह्यो। सुनको मूल्य असोजको पहिलो हप्ता देखि नै ओरालो लाग्न थालेको थियो। असोज ८ गरे सुन महिनाकै कम मूल्य ९३ हजार १ सयमा कारोबार भयो।

यस्तै यस महिनामा सुनको मूल्य सबै भन्दा उच्च विन्दुमा असोज ५ गते पुगेको थियो। त्यसदिन छापवाला सुन प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको थियो।

महिना शुरु हुँदा र अन्त्य हुँदा सुनको मूल्यमा अन्तर

असोज १ गते सुन ९६ हजार ६ सयमा कारोबार भएको थियो। महिनाको अन्तिम दिन आज छापवाला सुन मूल्य ९४ हजार ९ सयमा कारोबार भइरहेको छ। यस हिसाबले असोज महिनामा सुनको मूल्य तोलामा १ हजार ७ सयले कम भएको छ।

प्रकाशित : शुक्रबार, असोज ३०, २०७७११:२३

यस्तो छ आज सुन चाँदीको भाउ [मूल्य सहित]