कोरोना संक्रमणका कारण एकैघरका दाजुभाईको ज्यान गयो

FILE PHOTO

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण काभ्रेमा एकैघरका दुई जनाको निधन भएको छ। कोरोना भाइरस संक्रमणका कारण काभ्रेमा एकैघरका दाजुभाईको ज्यान गएको हो।

ज्यान गुमाउनेहरुमा काभ्रेको बनेपा नगरपालिका वडा न १३ साँगाका दाजुभाई रहेका छन् । उनीहरुको १० दिनको अन्तरमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको बताइएको छ।

बताइएअनुसार, ४५ वर्षीय भाईको गएको असोज १८ गते धुलिखेल अस्पतालमा उपचारको क्रममा र ५० वर्षीय दाजुको सोही अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो।

मधुमेह रोगबाट पीडित उनलाई भदौ २७ गते धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित : बिहिबार, असोज २९, २०७७१४:४८

अर्थमन्त्री पौडेलको पहिलो निर्णय – विश्व बैंकसँग २० करोड डलर ऋण